NIMB Header 2
Nepal Life

सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण तथा न्यानो ज्याकेट वितरण कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2025 Dec 31 19:10
सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण तथा न्यानो ज्याकेट वितरण कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं। वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगो विकासलाई केन्द्रमा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

Shikhar
NIMB

“न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। वीरेन्द्रनगर क्षेत्र केन्द्रित रूपमा आयोजना गरिएको कार्यक्रममा ५० जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको थियो।

कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा देशव्यापी रूपमा निरन्तर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई प्राथमिकतामा राख्दै वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

हाल कम्पनीले देशभर १४८ शाखा तथा उप–शाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया