NIMB Header 2
Nepal Life

एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनबारे बैंक–बीमाबीच अन्तरक्रिया

National Life
  • BFIS News
  • 2026 Jan 01 18:21
एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनबारे बैंक–बीमाबीच अन्तरक्रिया
Sanima Reliance

काठमाडौँ। नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा एपीआई (API) इन्टिग्रेशन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Shikhar
NIMB

एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनसम्बन्धी जानकारी प्रदान गर्ने, सरोकारवालाका सुझाव सङ्कलन गर्ने तथा बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा आवद्ध हुन आग्रह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ अनुसार बीमकहरूले बैंक तथा वित्तीय संस्थामा गरेको मुद्दती निक्षेपमा लगानीको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि एयरमार्क प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए।

कार्यकारी निर्देशक सुवेदीका अनुसार एयरमार्क प्रणालीले स्वचालित रूपमा बीमकका सही विवरण मात्र स्वीकार गर्ने, त्रुटिपूर्ण विवरण अस्वीकार गर्ने र एयरमार्क प्लेटफर्ममार्फत बीमकलाई नै स्वचालित रूपमा फिर्ता पठाउने कार्य गर्छ। “यसले बैंकबाट हुने मुद्दती निक्षेपको ब्लक र अनब्लक प्रक्रिया पूर्ण रूपमा स्वचालित बनाउँछ,” उनले भने।

एपीआई इन्टिग्रेशन प्रविधिको प्रयोगले बीमकहरूको मुद्दती निक्षेपमा लगानीसम्बन्धी एयरमार्क प्रक्रिया छिटो, छरितो र त्रुटिरहित हुने उल्लेख गर्दै सुवेदीले यसबाट बीमा नियमन, अनुगमन तथा निरीक्षण कार्य थप दक्ष र पारदर्शी बन्ने विश्वास व्यक्त गरे।

नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आगामी दिनमा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्दै सबै बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा आवद्ध हुन आग्रह गरे।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक तथा गैरस्थलगत शाखाका प्रमुख राजेन्द्र महर्जनले एयरमार्कको वर्तमान अवस्था, विद्यमान समस्या र समाधानका लागि गरिएका सुधार प्रयासबारे प्रस्तुतीकरण गरेका थिए। यस्तै, उपनिर्देशक रविन्द्र श्रेष्ठले एयरमार्क तथा एपीआई इन्टिग्रेशन गर्दा आवश्यक प्राविधिक पक्ष र सफ्टवेयर प्रणालीसम्बन्धी जानकारी प्रस्तुत गरे।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुलराज दहालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशनको कार्यान्वयनबाट बीमा नियमन, अनुगमन तथा निरीक्षणमा पारदर्शिता र दक्षता अभिवृद्धि भई समग्र बीमा क्षेत्रको विश्वासनीयता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया