NIMB Header 2
Nepal Life

आर्यन खान प्रभु महालक्ष्मी लाइफको एक मात्रै सिओटी बन्न सफल, लगनशिलताले एक पछि अर्को सफलता हासिल

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 03 06:40
आर्यन खान प्रभु महालक्ष्मी लाइफको एक मात्रै सिओटी बन्न सफल, लगनशिलताले एक पछि अर्को सफलता हासिल
National Life

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट आर्यन खान एकमात्र सिओटी (Court of the Table) बन्न सफल भएका छन्। एक करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै उनले लगातार दोस्रो पटक सिओटीको उपाधि हात पारेका हुन्। यससँगै प्रभु महालक्ष्मी लाइफबाट खानसहित २० जना अभिकर्ता २०२६ का लागि एमडिआरटी (Million Dollar Round Table) बन्न सफल भएका छन्।

Shikhar
NIMB

सुरुदेखि नै सिओटी बन्ने लक्ष्यसहित अघि बढेका खान गएको वर्ष पहिलो पटक सिओटी बनेपछि आफ्नो मिसन र भिजनलाई अझ सशक्त बनाए। “माइन्डसेट पहिले नै तयार थियो,” उनी भन्छन्, “कन्टिन्युअस्ली कन्सिस्टेन्ट तरिकाले ग्राहकहरुसँग एक एक गर्दै भेटघाटदेखि मास लेभलका जनचेतनामूलक कार्यक्रमसम्म गर्यौं।” यस यात्रामा शाखा, प्रदेश कार्यालयदेखि हेड अफिससम्मको पूर्ण सहयोगले विश्वास निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।

खानको सफलतामा दाबी भुक्तानी (क्लेम सेटलमेन्ट) ले समाजमा दिएको सकारात्मक सन्देश पनि निर्णायक बन्यो। यो वर्ष उनले दुई वटा ठूला क्लेम सफलतापूर्वक सेटल गरे—१० लाख रुपैयाँको दुर्घटना बीमा र १० लाख रुपैयाँको घातक रोग (क्यान्सर) सम्बन्धी बीमा। “यसले समाजमा स्ट्रङ पोजेटिभ म्यासेज गयो, ट्रस्ट अझ बलियो बन्यो,” उनी भन्छन्।

व्यक्तिगत तथा टिम विकासलाई पनि उनले उच्च प्राथमिकता दिए। विश्वस्तरीय प्रशिक्षकबाट कोचिङ लिएर आफ्नो व्यक्तित्व विकासमा काम गर्नुका साथै समर्पित टिमलाई पनि निरन्तर प्रशिक्षण दिइयो। “एनिहाउ अचिभ गर्नुपर्छ भन्ने मेन्टालिटी नै मेरो बल हो,” खान भन्छन्, “यसमा हेड अफिस, प्रदेश प्रमुख, शाखा र मेरो टिम सबैको योगदान छ।”

डिजिटल माध्यमबाट समेत उल्लेख्य बीमा व्यवसाय आएको खान बताउँछन्। अब २०२६ मा उनले २०२७ का लागि टिओटी (Top of the Table) को लक्ष्य लिएका छन्। साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक बीमा सचेतना कार्यक्रम सञ्चालन गरी समाजमा बीमाको महत्व स्थापित गर्ने योजना पनि उनको छ। “लक्ष्यभन्दा पनि काममा १०० प्रतिशत दिएपछि टार्गेटले हामीलाई फलो गर्छ,” उनी भन्छन्।

कोरोना पछिको आर्थिक संकटले केही चुनौती थपिए पनि संकल्प र विश्वासले अन्ततः सफलता सम्भव भएको खानको अनुभव छ। “अन्तिम समयमा अलिकति गाह्रो भयो, तर सबैको सपोर्टले सम्भव भयो,” उनी भन्छन्। उनले आफ्ना बिमित ग्राहकप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ समर्पित सेवा दिने प्रतिबद्धता पनि जनाएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाका आर्यन खानले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै तीन पटक एमडिआरटी र दुई पटक सिओटीको उपाधि हासिल गरिसकेका छन्। सन् २०२२ देखि लगातार एमडिआरटी बन्दै आएका उनी प्रभु महालक्ष्मी लाइफका सर्वाधिक बीमा गराउने अभिकर्तामध्ये एक हुन्।

यसअघि ट्राभल एजेन्सी र मनी ट्रान्सफर क्षेत्रमा संलग्न खानले व्यवसायसँगै समाजसेवामा योगदान दिने सोच बनाएका थिए। “समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्यो, र बीमा क्षेत्र सबैभन्दा उपयुक्त ठानेँ,” उनी सम्झन्छन्।

प्रभु महालक्ष्मी लाइफको बुटवल शाखाबाट व्यवसाय गर्दै आएका खान बीमाका लागि नेपालका विभिन्न स्थान मात्र होइन, विश्वका थुप्रै मुलुकमा पुगिसकेका छन्। बिमित ग्राहकको सहजताका लागि उनले चन्द्रौटा र कतारको दोहामा चिफ एजेन्सी कार्यालय सञ्चालन गरेका छन्। “कुनै पनि काम गर्न मिसन र भिजन चाहिन्छ,” उनी भन्छन्, “भिजन स्पष्ट भएपछि जुनसुकै अवरोध पनि तोड्न सकिन्छ।”

बीमाको बारेमा बुझ्न राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार तथा विभिन्न कार्यक्रममा सहभागी भइसकेका उनले भारत, चीन, अमेरिका लगायतका मुलुकमा भएका अभ्यासलाई पनि अध्ययन गरे । अध्ययन पश्चात उनलाई नेपालको बीमा क्षेत्र निकै पछाडी रहेको अनुभुती भयो । उनि भन्छन् 'अन्य देशमा बीमा गराउन बीमित आफै बीमा मध्यस्थकर्ता समक्ष काउन्सिलका लागि आफै समय लिएर भेट्न पुग्छन् ।' किनकी ति मुलुकका मानिसहरु बीमा गराउनु पर्छ भन्नेमा सचेत छन् । मात्रै कुन पोलिसी लिदा उपयुक्त हुन्छ भन्ने कुराका लागि बीमाका विज्ञ अभिकर्ताहरु समक्ष पुग्दछन् ।  उनि भन्छन् 'जहाँ बीमितहरुले नै अभिकर्तालाई खोजी खोजी बीमा गराउनु पर्ने रैछ । तर नेपालमा बीमा अभिकर्ता आफै झोला भिरेर गाउँ गाउँमा गएर बीमा गराउनु पर्ने अवस्था छ । यसलाई अन्त्य गर्न जरुरी छ ।'

यसका लागि बीमा प्रतिको जनचेतना व्यापक रुपमा जगाउनु पर्ने उनि बताउछन् । यसका लागि बीमा कम्पनी र अभिकर्ता नै लाग्नु पर्ने खानको तर्क छ । उनले नेपालमा मात्रै नभएर विदेशमा गएर पनि हजारौ मानिसहरुमा बीमाको जागरण फैलाइरहेका छन् । उनले बीमा किन गर्नु पर्छ, बीमा गर्दा हुने फाइदाहरु र प्रक्रियाका बारेमा राम्रो सँग बुझाउने गरेका छन् । उनले अहिलेसम्म १० हजार भन्दा धेरै मानिसहरुलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरिसकेका छन् ।

बीमामा जागरण बढाउने उद्देश्यका साथ खानले शिवराज नगरपालिकामा ५० जना भन्दा धेरैको निःशुल्क बीमा गरादिएका थिए । आफैले बीमा शुल्क भुक्तानी गरिदिएर प्रत्येक व्यक्तिको २ लाखको बीमा गरिदिएका हुन् । उनको एक मात्रै उद्देश्य बीमा प्रतिको जनचेतना फैलाउने नै थियो । उनि भन्छन् 'सकिन्छ क्षमता अनुसारको सावधिक बीमा गर्नुहोस् सकिदैन थोरै खर्च गरेर जोखिम बहन हुने गरी आवधिक जीवन बीमा गर्नुहोस् । यसले कम खर्चमा ठुलो क्षतिबाट बच्न सकिन्छ ।'

सकारात्मक सोचका खान यदि सबैले आ-आफ्नो तर्फबाट राम्रो काम गर्यो भने मुलुक नै राम्रो बन्न सक्ने बताउछन् । बीमा गराउनु पनि एउटा धर्म भएको भन्दै उनि बीमाका क्षेत्रमा ठुलो जागरण ल्याउने सोचका साथ अगाडी बढिहरेका छन् ।

उनले बीमालाई अझ व्यवसायिक रुपमा अगाडी बढाउने सोच बनाएका छन् । यसका लागि आफ्नै सफ्टवेयर निर्माण गरिरहेका छन् । भोलिका दिनमा बीमितलाई जुनसुकै सूचना दिन सक्ने तथा दाबी भुक्तानीमा सहजता ल्याउन के गर्न सकिन्छ भनेर काम गरिरहेका छन् । भोलिका दिनमा बीमितले डकुमेन्टेसनकै कारण दाबी पाउन नसक्ने वा दुख नपाउने हिसावले केहि गर्न सकिन्छ भनेर लागिपरिरहेका छन् ।   

उनले अहिलेसम्म ७ सय भन्दा धेरैको बीमा गरिसकेका छन् । यति धेरै बीमितलाई उनिले नियमित रुपमा सेवा दिइरहेका हुन्छन् । कतिपय अवस्थामा बीमितले बीमा शुल्क भुक्तानी गर्न नसक्दा आफैले पनि हालिदिएर पनि मिलाउने गर्छन् ।

आफ्नो सफलतामा कम्पनीले ठुलो समय गरेको खान बताउछन् । मर्जर पछि प्रभु महालक्ष्मी रणनीतिक रुपमा फरक हिसावले अगाडी बढेको प्रति उनि एकदमै सन्तुष्ट छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रराइ तथा उच्च पदस्थ व्यक्तिहरुको साथ सहयोगले नै यहाँसम्मको सफलता हासिल गरिएको भन्दै उनि सबै प्रति कृतज्ञ छन् । अझ बीमित जसले उनलाई विश्वास गरेर प्रभु महालक्ष्मी लाइफमा बीमा गर्न राजी भए उनिहरु सबै प्रति उनि अनुग्रहित छन् । उनि भन्छन् 'ग्राहकहरुले विश्वास गर्नु नै हाम्रो लागि सबैभन्दा ठुलो सफलताको हो ।'

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया