NIMB Header 2
Nepal Life

संस्थागत सुशासन र कुशल व्यवस्थापनकै कारण सिटिजन लाइफको उल्लेखनीय प्रगति: अध्यक्ष पाण्डे

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 03 09:33
संस्थागत सुशासन र कुशल व्यवस्थापनकै कारण सिटिजन लाइफको उल्लेखनीय प्रगति: अध्यक्ष पाण्डे
National Life

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभालाई संबोधन गर्दै अध्यक्ष प्रदीपजङ्ग पाण्डेले संस्थागत सुशासन र कुशल व्यवस्थपननकै कारण सिटिजन लाइफले उल्लेखनीय प्रगति गरेको बताएका छन्। सभामा उपस्थित शेयरधनी तथा आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै अध्यक्ष पाण्डेले कम्पनीको प्रगतिमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे। उनले व्यवसाय सुरु भएदेखि हालसम्म कम्पनीले उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको बताए।

Shikhar
NIMB

अध्यक्ष पाण्डेका अनुसार समीक्षा आर्थिक वर्ष २०८१/०८२ मा सिटिजन लाइफले देशभर रहेका १३५ शाखा तथा उपशाखामार्फत ३८३ दक्ष कर्मचारी र करिब ३५ हजार सिटिजन लिडर्सको सहयोगमा जीवन बीमा सेवा प्रदान गरेको छ। आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा पनि कम्पनीले करिब ६ लाख ३ हजार नयाँ बीमितबाट पहिलो बीमाशुल्कबापत २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ।

गत वर्षको तुलनामा कुल बीमाशुल्क आम्दानी २१ प्रतिशत, लगानी तथा अन्य आम्दानी १९ प्रतिशत र खुद मुनाफा ४४ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै अध्यक्ष पाण्डेले कुल लगानी २६ प्रतिशतले बढेर २४ अर्ब ४ करोड ४२ लाख रुपैयाँ पुगेको बताए। साथै, जीवन बीमा कोष ३८ प्रतिशतले वृद्धि भई १९ अर्ब ८६ करोड ३० लाख रुपैयाँ पुगेको छ।

लगानी व्यवस्थापनबारे जानकारी दिँदै उनले दीर्घकालीन दायित्व व्यवस्थापनका लागि लगानी विविधीकरणलाई प्राथमिकतामा राखिएको बताए। कुल लगानीमध्ये करिब ७५ प्रतिशत दीर्घकालीन निक्षेप, ऋणपत्र, शेयर तथा म्युचुअल फन्डमा र बाँकी २५ प्रतिशत अल्पकालीन लगानीमा रहेको छ। समीक्षा अवधिमा लगानी तथा कर्जा करिब २६ प्रतिशतले वृद्धि भई २५ अर्ब ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

बीमा दाबी भुक्तानीलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ति, समर्पण मूल्य लगायत विभिन्न शीर्षकमा १ अर्ब ९१ करोड २३ लाख रुपैयाँ भुक्तानी गरिएको जानकारी दिए। यसअन्तर्गत मृत्यु दाबीमा ६६ करोड ६३ लाख, समर्पण दाबीमा ३० करोड १३ लाख र अन्य दाबीमा उल्लेखनीय रकम भुक्तानी गरिएको छ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक चुनौतीहरूको चर्चा गर्दै अध्यक्ष पाण्डेले विश्वव्यापी आर्थिक अस्थिरता, लगानी जोखिम, तरलता असन्तुलन र मुद्रास्फीतिका बाबजुद पनि कम्पनीले कुशल व्यवसायिक रणनीति, सुशासन, पारदर्शिता र प्रविधियुक्त सेवाका कारण सन्तोषजनक उपलब्धि हासिल गरेको बताए।

सभाको अन्त्यमा अध्यक्ष पाण्डेले आगामी दिनमा पनि कम्पनीलाई थप सुदृढ, विश्वसनीय र ग्राहकमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष पाण्डेका अनुसार बीमा कम्पनीहरूको जोखिम वहन क्षमता अभिवृद्धि, पूँजीगत आधार सुदृढीकरण, बीमाको पहुँच विस्तार तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेको हो। सोही नियामकीय व्यवस्थाअनुसार सिटिजन लाइफले आर्थिक वर्ष २०८०/०८१ मा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो।

उनका अनुसार कम्पनीले कुनै पनि अन्य बीमा कम्पनीसँग मर्जर नगरी आन्तरिक स्रोतकै माध्यमबाट आर्थिक वर्ष २०८०/०८१ मा ५ प्रतिशत र आर्थिक वर्ष २०८१/०८२ मा २६.९८ प्रतिशत बोनस शेयर जारी गर्दै तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्न सफल भएको हो।

अध्यक्ष पाण्डेले नेपाल बीमा प्राधिकरणबाट जारी Risk Based Capital and Solvency Directive, 2025 (2082) अनुसार कम्पनीको हालको व्यवसायिक आकारका आधारमा विद्यमान चुक्ता पूँजी पर्याप्त रहेको स्पष्ट पार्दै त्यसैका आधारमा नगद लाभांश प्रस्ताव गरिएको जानकारी दिए।

जीवन बीमा केवल नाफामुखी व्यवसाय नभई समाजलाई दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उनले बीमा ऐन, नियमावली, कम्पनी ऐन, धितोपत्रसम्बन्धी कानुन तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनलगायत सबै प्रचलित कानुन र नियामकीय निर्देशनहरूको पूर्ण पालना गर्दै संस्थागत सुशासन कायम गर्न सञ्चालक समिति सदैव सचेत रहेको बताए।

कम्पनीले अवलम्बन गरेको कुशल व्यवसायिक नीति, संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापनको कार्यदक्षताका कारण नै हालको उपलब्धि सम्भव भएको उनको भनाइ थियो। साथै नवीनतम बीमा योजना, ग्राहक केन्द्रित सेवा, सूचना प्रविधिको उच्च प्रयोग र ग्रामीण तहसम्म पहुँच विस्तारका कारण सिटिजन लाइफले सेवाग्राही माझ छुट्टै पहिचान बनाउन सफल भएको उनले बताए।

अध्यक्ष पाण्डेले मानव संसाधन विकास, बीमा अभिकर्ता ‘सिटिजन लिडर’ को वृत्ति विकास र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै भविष्यमा थप नवीन बीमा योजना ल्याई देशभर जीवन बीमाको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै शेयरधनीहरूबाट प्राप्त रचनात्मक सुझावका आधारमा कम्पनीको सेवा प्रवाह र कार्यसम्पादन अझ प्रभावकारी बनाइने विश्वास दिलाए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया