Nepal Life

एनआइसी एशिया बैंकको बुक क्लोज अगाडी कारोबार गर्ने टप टेन ब्रोकर, ४३ र ४४ नम्बर देखिए खेलाडी

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 05:42
एनआइसी एशिया बैंकको बुक क्लोज अगाडी कारोबार गर्ने टप टेन ब्रोकर, ४३ र ४४ नम्बर देखिए खेलाडी
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकले साधारणसभा प्रयोजनका लागि आज बुक क्लोज गर्दैछ । हिजो सम्म शेयर खरिद गर्नेले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने छन् ।

NIMB

विगत एक साताको अवधिमा एनआइसी एशिया बैंकको शेयर इम्पेरियल सेक्युरिटिजले सर्वाधिक धेरै २१ हजार १४९ कित्ता होल्डिङ गरेको छ । त्यस्तै ५८ नम्बर ब्रोकरले २० हजार ९३० कित्ता, ३३ नम्बरले १६ हजार ५७१ कित्ता, ४२ नम्बरले १५ हजार २९८ कित्त खरिद गरेका छन् । एक महिनाको अवधिको होल्डिङ हेर्ने हो भने ब्रोकर नम्बर ४४ डाइनामिक मनि म्यानेजरले ६२ हजार ५६८ कित्ता होल्डिङ गरेको छ । यस अवधिमा ४४, ५८, ३४, ३३ नम्बरले होल्डिङ गरेका छन् । उनिहरुले एनआइसी  एशियाले घोषणा गरेको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

विगत एक महिनाको अवधिमा ब्रोकर नम्बर ४३ ले सर्वाधिक धेरै बिक्री गरेको छ । यस ब्रोकर आफैले ६८ हजार ३५२ कित्ता शेयर बिक्री गरेको छ । त्यस्तै ३५ नम्बरले ५५ हजार ३३३ कित्ता बिक्री गरेको छ । विगत एक साताको अवधिमा मात्रै ४३ नम्बरले ६१ हजार ८२९ कित्ता शेयर बिक्री गरेको देखिन्छ । बैंकले घोषणा गरेको लाभांश नलिइ ४३, ५८, ३५, ३८ ले बिक्री गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया