NIMB Header 2
Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित

National Life
  • BFIS News
  • 2026 Jan 03 14:15
नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित
Sanima Reliance

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरणको पछिल्लो नीतिगत सहजीकरणपछि कम्पनीले लामो समयपछि समयमै वार्षिक साधारणसभा आयोजना गर्न सफल भएको हो।

Shikhar
NIMB

वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न सभाले कुल २१.०५ प्रतिशत लाभांश पारित गरेको छ। जसअनुसार हाल कायम चुक्ता पुँजीको १६.०५ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर सहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिएको छ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। हालका लेखापरीक्षक श्री पि.एल. श्रेष्ठ एण्ड कम्पनी पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, ५ प्रतिशत बोनस शेयर जारी गरेपछि हुने शेयर संरचना बमोजिम जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको छ। बोनस शेयर वितरण गर्दा दशमलवपछि कायम हुने अंशलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने व्यवस्था यथावत राखिनेछ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उद्देश्यलगायत आवश्यक समयानुकूल संशोधन गर्ने र नियमनकारी निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीको शेयर दाखिला–खारेज प्रयोजनका लागि मिति २०८२/०९/०७ गते एक दिनका लागि बुक क्लोज गरिएको थियो। मिति २०८२/०९/०६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कम्पनीको शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया