Nepal Life

कुमारी बैंकले १० प्रतिशत व्याजदरमा ५ अर्बको ऋणपत्र जारी गर्दै, पायो बोर्डबाट अनुमति

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 10:42
कुमारी बैंकले १० प्रतिशत व्याजदरमा ५ अर्बको ऋणपत्र जारी गर्दै, पायो बोर्डबाट अनुमति
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। बैंकले बोर्डबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।

NIMB

यस अनुसार बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया