Nepal Life

कुमारी बैंकले १० प्रतिशत व्याजदरमा ५ अर्बको ऋणपत्र जारी गर्दै, पायो बोर्डबाट अनुमति

NMB Bank
  • BFIS News
  • 2023 Oct 03 10:42
कुमारी बैंकले १० प्रतिशत व्याजदरमा ५ अर्बको ऋणपत्र जारी गर्दै, पायो बोर्डबाट अनुमति
National Life

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। बैंकले बोर्डबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।

Shikhar
NIMB

यस अनुसार बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया