NIMB Header 2
Nepal Life

सूर्यकुण्ड हाइड्रोको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2026 Jan 07 11:36
सूर्यकुण्ड हाइड्रोको स्थानीय आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस ९ गतेदेखि स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ।

आईपीओ निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २६ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेड टावर थापाथलीस्थित रजिष्टर्ड कार्यालय तथा दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिदका लागि आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था गरिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया