Nepal Life

फाइनान्समा फर्किए लगानीकर्ता, चुनाव भएमा बजार बढ्ने भन्दै शेयर किन्न थाले ठुला लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2026 Jan 07 15:24
फाइनान्समा फर्किए लगानीकर्ता, चुनाव भएमा बजार बढ्ने भन्दै शेयर किन्न थाले ठुला लगानीकर्ता
National Life

काठमाडौं। लगानीकर्ताहरु विस्तारै लयमा फर्किन थालेका छन्। गएका वर्षको ट्रेण्डमा जस्तै यस वर्ष पनि लो क्यापका कम्पनीमा आकर्षण देखिएको छ। 

Shikhar
NIMB

आज सबै सूचक तल झर्दा पनि फाइनान्सको शेयर मूल्यमा पनि सुधार देखिएको छ। नेप्से सूचक १३.३५ अंकले घटेर २६३५ अंकमा झरेको हो। आज ५ अर्ब १७ करोडको खरिद बिक्री हुँदा मञ्जुश्री फाइनान्स सर्वाधिक धेरै कारोबार हुनेमा परेको छ। एक महिनाको अवधिमा फाइनान्सको सूचक २२६० अंकबाट २३८८ अंकसम्म पुगेको छ। 

राजनीतिक अन्योलताका कारण शेयर बजार माथि जान सकेको छैन। बैंक वित्तीय संस्थामा अधिक तरलता छ। बैंकहरुले ठुलो ठुलो निक्षेप लिन छाडेका छन्। लगानीकर्ताहरु सँग लगानी गर्ने प्रयाप्त लिक्वीडिटी छ। तर लगानीकर्ताको आकर्षण देखिदैन। लगानीकर्ताहरु अझै पनि राजनीतिक स्थिरता कुरिरहेका छन्। अझै पनि चुनावको अन्योलता कायमै छ। यदि फागुन २१ गते निर्वाचन भयो भने शेयर बजारले छलाङ मार्ने भन्दै ठुला लगानीकर्ताहरुले भने शेयर उठाउन सुरु गरेका छन्। 

यद्यपी अवको केहि दिन दोस्रो त्रैमाशको व्याज र किस्ताको दवाव देखिएको छ। शेयर बजार व्यवसायीका लागि पैसा उठाउने एउटा बलियो माध्यम हुने भएकाले त्रैमाशिको अन्तिम समयमा दवाव पर्ने गरेको छ। यस सँगै माघ लागे पछि चुनावको माहोल हेरेर बजारले गति लय गर्ने विश्लेषण गरिएको छ। माघको पहिलो दोस्रो सातामा आगामी चुनावको अनुमान गर्न सकिने भएकाले कतिपय लगानीकर्ताले भने अहिलेको समयलाई अवसरको रुपमा हेर्दा लगानी बढाउन सुरु गरेका हुन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया