Nepal Life

उर्जा मन्त्री कुलमान घिसिङले दिए राजीनामा, काठमाडौं–३ बाट उम्मेदवारीको तयारी

NMB Bank
  • BFIS News
  • 2026 Jan 08 11:25
उर्जा मन्त्री कुलमान घिसिङले दिए राजीनामा, काठमाडौं–३ बाट उम्मेदवारीको तयारी
National Life

काठमाडौँ — उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

Shikhar
NIMB

भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’पछि गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए। मन्त्री नियुक्त भएको चार महिना पनि नपुग्दै उनले पदबाट राजीनामा दिएका हुन्।

प्रधानमन्त्री कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसँग आबद्ध भएका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन्। घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष बनेको चर्चा चले पनि उनले आफू कुनै दलको सदस्य नभएको दाबी गर्दै आएका थिए।

घिसिङले आगामी निर्वाचनमा रास्वपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ। निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिने उनले यसअघि नै संकेत गर्दै आएका थिए।

तर रास्वपासँग औपचारिक पार्टी एकीकरण भए पनि भागबण्डाका विषयमा सहमति भइनसकेको स्रोतले जनाएको छ। घिसिङ निकटका नेताहरूका अनुसार सम्मानजनक एकता नभए उनले रास्वपा छोडेर पूर्वसचिव अनुप उपाध्यायको अध्यक्षतामा गठित ‘उज्यालो नेपाल पार्टी’बाट राजनीति गर्न सक्ने सम्भावना पनि रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया