NIMB Header 2
Nepal Life

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्काल सूचिकृत नगर्न नेप्सेलाई लगानीकर्ताको निवेदन

National Life
  • BFIS News
  • 2026 Jan 08 16:59
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्काल सूचिकृत नगर्न नेप्सेलाई लगानीकर्ताको निवेदन
Sanima Reliance

काठमाडौं। विवादित रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ तत्काल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत नगर्न माग गर्दै लगानीकर्ताले निवेदन दिएका छन्।

Shikhar
NIMB

लगानीकर्ता रबिन कँडेलले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंलाई पत्र बुझाउँदै सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म कम्पनीको आईपीओ सूचिकरण प्रक्रिया स्थगन गर्न आग्रह गरेका हुन्। उनका अनुसार कम्पनीसँग सम्बन्धित वित्तीय विवरण, सरकारी सहुलियत, प्रोत्साहन तथा नाफा संरचनाबारे गम्भीर प्रश्न उठिरहेका बेला हतारमा लिस्टिङ गर्नु उचित नहुने उनको भनाइ छ।

निवेदनमा पुँजी बजार विश्वासमा आधारित प्रणाली भएकाले छानबिन जारी रहँदा आईपीओ सूचिकृत गरिनु लगानीकर्ताका लागि जोखिमपूर्ण सन्देश जाने उल्लेख गरिएको छ। नियामक निकायहरूले कानुनी प्रक्रिया मात्र नभई नैतिक जिम्मेवारीसमेत वहन गर्नुपर्ने भन्दै छानबिनको निष्कर्ष सार्वजनिक भएपछि मात्र सूचिकरण अघि बढाउनुपर्ने माग गरिएको छ।

यसैबीच, रिलायन्स स्पिनिङ मिल्सले भने नेप्से तथा सम्बन्धित नियामक निकायलाई आफ्नो आईपीओ छिटोभन्दा छिटो सूचिकृत गर्न दबाब दिँदै आएको बताइएको छ। तर कम्पनीको आईपीओलाई लिएर उठेका विवाद र नियामक तहमा भइरहेको छानबिनका कारण सूचिकरण प्रक्रिया थप संवेदनशील बनेको छ।

लगानीकर्ताहरूले छानबिन नसकिँदै लिस्टिङको अभ्यास स्थापित भए भविष्यमा अन्य विवादित कम्पनीहरू पनि सहजै बजार प्रवेश गर्ने नजीर बस्न सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार पुँजी बजार कुनै एक कम्पनीको विषय नभई आम नागरिकको साझा सम्पत्ति भएकाले यसको स्वच्छता, पारदर्शिता र विश्वास जोगाउनु नियामक निकायहरूको प्रमुख दायित्व हो।

अब रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचिकरणबारे नेप्से र अन्य नियामक निकायहरूले लिने निर्णयलाई लगानीकर्ता समुदायले चासोका साथ हेरिरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया