Nepal Life

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 13:19
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
National Life

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।

Shikhar
NIMB

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको थियो। 

सो निष्काशनमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। 

जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बैंकको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेयर रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। 

९ जना आवेदकले बैंकको थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया