NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त, ३६ वर्षको बैंकिङ अनुभव

National Life
  • BFIS News
  • 2026 Jan 10 10:01
सिद्धार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त, ३६ वर्षको बैंकिङ अनुभव
Sanima Reliance

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।

Shikhar
NIMB

बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गर्नुभएका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै बहुमूल्य अनुभव आर्जन गरि सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत (Assistant CEO) तथा नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) को रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। 

उनले विगत ३६ वर्षको बैंकिङ्ग कार्यकालमा विभिन्न भूमिकामा रहि समग्र बैंक संचालनसम्बन्धी व्यापक अनुभव प्राप्त गरेका छन् । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ्ग गर्नुपर्छ भन्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दीगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबूत हुने विश्वास लिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया