Nepal Life

नेशनल बैंकिंग इन्स्टिच्युटद्धारा धनगढिमा कर्जा लगानी सम्बन्धी सेमिनार सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 17:47
नेशनल बैंकिंग इन्स्टिच्युटद्धारा धनगढिमा कर्जा लगानी सम्बन्धी सेमिनार सम्पन्न
Sanima Reliance

काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्युटले धनगढिमा बिद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा समेमिनार सम्पन्न गरेको छ । यहि असोज १३ गते एनबिआइले “Navigating the Credit Landscape”  विषयक एक दिने सेमिनार आयोजना गरेको थियो । 

NIMB

सेमिनारमा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तिय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीका साथै बरिष्ठ बैंकिंग विज्ञहरु परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । 

उक्त सेमिनारले मुलुकमा कर्जा लगानीको अवस्थाका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरु र सरोकारवालाहरुलाई एकै ठाउँमा भेला भई छलफल गर्ने अवसर प्रदान गरेको थियो । उक्त सेमिनारमा विशेष गरि कर्जा लगानीका लागि बैंकिंग तथा वित्तिय क्षेत्रले  सामना गरेका चुनौतिहरु, कर्जा लगानीका अवसरहरु र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिका बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा परशुराम कुँवर क्षेत्रीले साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का वक्ता अजय श्रेष्ठले खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौतीहरुका बारेमा प्रस्तुति दिएका थिए । 

यसै गरि नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीले बैंकहरुको कर्जाको गुणस्तरका बारेमा चर्चा गर्दै बैंकहरुले सुधार गर्नुपर्ने क्षेत्रका बारेमा जोड दिए । उक्त अवसरमा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक र एनएमबि बैंक का प्रदेश प्रमुखहरु क्रमशः सतिश प्रताप सिंह, पुकार सुवेदी र श्याम अधिकारी सम्मिलित तथा परशुराम कुँवर क्षेत्रीद्वारा संचालित सामुहिक छलफल कार्यक्रमको पनि आयोजना पनि गरिएको थियो ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया