Nepal Life

धारिलो हतियार प्रयोग गरी सनी कार्कीको हत्या गर्ने चार अभियुक्तहरु पक्राउ

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 05:02
धारिलो हतियार प्रयोग गरी सनी कार्कीको हत्या गर्ने चार अभियुक्तहरु पक्राउ
Sanima Reliance

काठमाडाैं । २०८० असाेज १५ गते काठमाडाैं महानगरपालिका वडा नं-२४ हनुमानढोका परिसर अगाडि जिल्ला ओखलढुङ्गा लिखु गाउँपालिका वडा नं - ४ घर भइ हाल  काठमाडाैं महानगर वडा नं - १७ क्षेत्रपाटी बस्ने बर्ष १७ को सनी कार्कीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएकाे थियाे ।

NIMB

घाइते  सनी कार्कीको उपचारको क्रममा मनमाेहन कार्डियो अस्पताल, महाराजगंजमा मृत्यु भएको थियाे । प्रहरीले घटनाको अनुसन्धान गर्ने  क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई  २०८० असाेज १५ गते काठमाडाैं महानगर वडा नं - २४ मखन स्थितबाट, भूमि मल्ललाई मिति २०८० असाेज १६ गते काठमाडाैं महानगर वडा नं - १७ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई मिति २०८० असाेज १६ गते ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.- १६ बाट घटनामा प्रयोग भएको चक्कुसहित प्रहरीले पक्राउ गर्न सफल भएकाे छ ।

पक्राउ परेका आरोपीहरुलाई प्रहरीले काठमाण्डौँ जिल्ला अदालतबाट सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीको हकमा  २०८०असाेज १५ गते देखि लागू हुने गरी पहिलो पटक दिन ६ (छ)  र  भूमि मल्ल र अरबिन ठकुरीको हकमा मिति २०८० असाेज १६ गते देखि लागू हुने गरी पहिलो पटक दिन ५ (पाँच) को म्याद थप अनुमति लिई न्युराेड स्थित प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडाैं प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ परेका हत्यामा संलग्न व्यक्तिहरु

१. जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं १९ घर भइ हाल ललितपुर जिल्ला लुकुसी बस्ने बर्ष २० को सोनिया श्रेष्ठ खड्गी ।
२. ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १९ एकान्तकुना बस्ने बर्ष २२ को  सन्देश खड्गी ।
३. जिल्ला मकवानपुर हेटौँडा उ.प.म.न.पा.वडा नं २ घर बई हाल का.जि.का..न.पा.वडा नं २४ बस्ने बर्ष १९ की भूमि मल्ल ।
४. ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं ५ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका नागाबाहल बस्ने बर्ष १९ को अरबिन ठकुरी ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया