मञ्जुश्री फाइनान्सको नाफा वृद्धि, प्रतिशेयर आम्दानी २० रुपैयाँ नाघ्यो
- BFIS News
- 2026 Jan 21 12:01
काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी तथा गैर–सञ्चालन आम्दानीमा वृद्धि भएसँगै फाइनान्सको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी २.०३ प्रतिशतले घटेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले वृद्धि भएको भए पनि सञ्चालन मुनाफा भने ११.५४ प्रतिशतले घटेको छ।
पुस मसान्तसम्म फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्म वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ ७१ पैसाले बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। सो अवधिसम्म फाइनान्सको मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ३९.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा कायम भएको छ।
१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया