NIMB Header 2
Nepal Life

असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब राजश्व संकलन

Muktinath Bank
  • BFIS News
  • 2023 Oct 04 05:07
असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब राजश्व संकलन
National Life

काठमाडौँ – चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा अर्थ मन्त्रालयले उक्त जानकारी दिएको हो।

NIMB

समिति बैठकमा बोल्दै अर्थ मन्त्रालयका सह–सचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व संकलन भएको बताए।

उनले सरकारको चालु आर्थिक वर्षको चालु खर्च १ खर्ब ४२ अर्ब ६३ करोड, पुँजीगत खर्च १० अर्ब ८३ करोड र वित्तिय व्यवस्था ३७ अर्ब ४२ करोड रहेको बताए।

उनले चालु खर्च र पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ ४७.४ प्रतिशतले खर्च वृद्धि भएको बताए। उनले सरकारले कुल खर्च १ खर्ब ९० अर्ब ८८ करोड रहेको उल्लेख गरे।

उनले आर्थिक वर्षमा आन्तरिक ऋणतर्फ ७७ अर्बं १३ करोड र बाह्य ऋणतर्फ ४ अर्ब ९७ गरी जम्मा ६९ अर्ब १८ करोड सार्वजनिक ऋण परिचालन भएको बताए।

उनले चालु आर्थिक वर्ष २०८०/०८१ को भदौ महिनासम्म १० अर्ब ६३ करोड बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको बताए। उनले आर्थिक वर्षको भदौसम्म उद्योगबाट १४ अर्ब ६५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको पनि जानकारी दिए।

२०८० भदौ मसान्तसम्म उद्योग विभागबाट ४ खर्ब ६४ अर्ब ६२ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको उनले उल्लेख गरे। उनले लगानी बोर्डबाट ४२ परियोजनाको लागि १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत भएको पनि सांसदहरुलाई जानकारी गराए।

उनले चालु आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी भित्रिएको उल्लेख गरे। गत आर्थिक वर्षको साउन महिनामा यस्तो लगानी ४१ करोड मात्रै रहेको उनको भनाइ थियो।

उनले सन् २०२३ को अगष्टसम्म आठ महिनाको अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२२ को सोही अवधिको तुलनामा ८४ प्रतिशतले वृद्धि भइ ६ लाख १ हजार ३ सय ६० पुगेको बताए।

उनले पुँजीबजार र बैंकको ब्याजदरलाई प्रतिस्पर्धामा नै छाड्ने अर्थमन्त्रालयको नीति रहेको स्पष्ट पारे। उनले अर्थ मन्त्रालय लिएको नीतिबाट बाहिर जाने काम नगरेको दाबी गरे।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार