Nepal Life

सिरानीमुनी राख्नुस् यस्ता चीजहरु, मिल्नेछ सुख र शान्ति

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 05:25
सिरानीमुनी राख्नुस् यस्ता चीजहरु, मिल्नेछ सुख र शान्ति
Sanima Reliance

काठमाडौं । शास्त्रले स्वस्थ एबम् निरोगी बन्न अनि सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ ।

NIMB

दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी पाँच चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।

हनुमान चालिसा :

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनबाट डर, त्रास र अहंकार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।

जय हनुमान ज्ञान गुन सागर ।
जय कपीस तिहुँ लोक उजागर ॥
रामदूत अतुलित बल धामा ।
अंजनिपुत्र पवनसुत नामा ॥

फलामको उपकरण :

भुत–प्रेत, ऐठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु चाहिँ राख्नु हुँदैन ।

भगवानलाई अर्पण गरिएको फूल :

सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्या’नमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ:

दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।

मुला :

सिरानी मुनी राखेर सुत्ने र विहान उठेर शि’व’लिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ भन्ने विश्वास गरिन्छ । शास्त्रका अनुसार यसले राहुको प्र’भा’वलाई कम गर्छ र ख’रा’व सपना वा मा’नसिक त’नाव हुनबाट मु’क्ति मिल्ने विश्वास गरिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया