Nepal Life

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वित्तीय सूचकमा उल्लेख्य सुधार

NMB Bank
  • BFIS News
  • 2026 Jan 26 10:38
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको वित्तीय सूचकमा उल्लेख्य सुधार
National Life

काठमाडौं। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले चालू आवको पहिलो छ महिनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीले ७ लाख ३४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस आधारमा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ७४८ प्रतिशतले उल्लेखनीय वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमाकोष २० करोड ५५ लाख रुपैयाँबाट बढेर २९ करोड ७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि उल्लेख्य रूपमा बढ्दै १ करोड ३१ लाख रुपैयाँबाट २११.७६ प्रतिशत वृद्धि भई ४ करोड ९ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँबाट बढेर ८ करोड १६ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ५ करोड ३ लाख रुपैयाँबाट बढेर ७ करोड २७ लाख रुपैयाँ पुगेको छ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा ५४ लाख ३२ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख रुपैयाँ, जगेडा कोषमा करिब ४ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ४७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया