Nepal Life

नेपाल बीमा प्राधिकरणमा पहिलो महिला अध्यक्ष, चन्द्रकला पौडेललाई जिम्मेवारी

NMB Bank
  • BFIS News
  • 2026 Jan 27 10:37
नेपाल बीमा प्राधिकरणमा पहिलो महिला अध्यक्ष, चन्द्रकला पौडेललाई जिम्मेवारी
National Life

काठमाडौं। नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा पहिलो पटक महिलालाई जिम्मेवारी दिएको छ। सरकारले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिएको हो।

Shikhar
NIMB

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा कामकाज गर्नेगरी तोक्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका छन्।

यसअघि सरकारले सहसचिव वा उपसचिव तहका कर्मचारीलाई प्राधिकरणको सञ्चालक तथा अध्यक्षको जिम्मेवारी दिँदै आएको थियो। तर यस पटक भने सचिव पदकै पदाधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइनु फरक र महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। यससँगै नेपाल बीमा प्राधिकरणले आफ्नो इतिहासमै पहिलो महिला अध्यक्ष पाएको छ।

खुला प्रतिस्पर्धाबाट अध्यक्षमा चयन भएका सरद ओझा विवादमा तानिएपछि सरकारले वैकल्पिक व्यवस्था नगरी कर्मचारीलाई नै अस्थायी रूपमा जिम्मेवारी दिँदै आएको छ। ओझा हाल अदालती प्रक्रियामा रहेका छन्। सर्वोच्च अदालतबाट उनको पक्षमा आदेश आए पनि सरकारले उनलाई कार्यान्वयनमा ल्याएको छैन।

एकातर्फ मुद्दाको टुंगो लाग्न नसक्नु र अर्कोतर्फ सरकारले ओझालाई अगाडि बढाउन नखोज्दा प्राधिकरणको कामकाज प्रभावित हुँदै आएको जानकारहरूको भनाइ छ। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद कार्यकारी तथा शक्तिशाली पद भएकाले नेतृत्व अभावले प्राधिकरणको गति र प्रभावकारितामा ठूलो असर परिरहेको बताइन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया