NIMB Header 2
Nepal Life

यूनाइटेड अजोडले नेपाल पुनर्बीमाको २१ लाख ७१ हजार ९५३ कित्ता संस्थापक शेयर बिक्री गर्दै

National Life
  • BFIS News
  • 2026 Jan 27 13:30
यूनाइटेड अजोडले नेपाल पुनर्बीमाको २१ लाख ७१ हजार ९५३ कित्ता संस्थापक शेयर बिक्री गर्दै
Sanima Reliance

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २१ लाख ७१ हजार ९५३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले बोलकबोल प्रक्रिया मार्फत लिलाम बिक्री गर्ने भएको हो।

Shikhar
NIMB

उक्त शेयरको प्रस्ताव न्यूनतम बोलकबोल  मूल्य प्रतिशेयर रु. ४०० तोकिएको छ। आवेदकले न्यूनतम १,००,००० कित्ताका लागि आवेदन दिनु पर्ने छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहनेछ कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया