Nepal Life

अध्यक्ष पौडेलद्वारा नेपाल बीमा प्राधिकरणको कार्यभार ग्रहण

NMB Bank
  • BFIS News
  • 2026 Jan 27 18:27
अध्यक्ष पौडेलद्वारा नेपाल बीमा प्राधिकरणको कार्यभार ग्रहण
National Life

काठमाडौं। नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणमा उपस्थित भई औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हालेकी छन्।

Shikhar
NIMB

यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

कार्यभार ग्रहणका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशकहरू तथा कर्मचारीहरूले अध्यक्ष पौडेललाई स्वागत गरेका थिए।

अध्यक्ष पौडेलले बीमा क्षेत्रको सुदृढीकरण, नियमनको प्रभावकारिता र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया