Nepal Life

चरम आर्थिक मन्दीमा पनि जीवन बीमा व्यवसाय १२ प्रतिशतले बढ्यो, नविकरण १६ प्रतिशतले बढ्दा कुल २९ अर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 13:44
चरम आर्थिक मन्दीमा पनि जीवन बीमा व्यवसाय १२ प्रतिशतले बढ्यो, नविकरण १६ प्रतिशतले बढ्दा कुल २९ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । चरम आर्थिक मन्दीका विचमा पनि जीवन बीमा व्यवसाय ११.८५ प्रतिशतले बढेको छ । समग्र अर्थतन्त्रमा सुस्तता आउदा जीवन बीमा व्यवसाय अझै प्रभावित हुने आकलन गरिएको थियो तर बीमा कम्पनीहरुले नविकरण बीमा शुल्क आर्जनमा ध्यान दिदा समग्र व्यवसायमा सुधार देखिएको हो ।

NIMB

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २९ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन भने ४ अर्ब ३३ करोड मात्रै रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले २६ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन भने ४ अर्ब ८१ करोड थियो ।

समिक्षा अवधिमा प्रथम बीमा शुल्क आर्जन भने ९.९४ प्रतिशतले घटेको छ भने नविकरण बीमा शुल्क आर्जन भने १६.८० प्रतिशतले बृद्धि भएको छ । भदौ महिनासम्ममा कम्पनीहरुले २४ अर्ब ७९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा २१ अर्ब २२ करोड थियो ।

त्यस्तै भदौ एक महिनामा मात्रै हेर्ने हो भने जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेका छन् । भदौमा प्रथम बीमा शुल्क २ अर्ब तीन करोड रहेको छ भने नविकरण बीमा शुल्क ७ अर्ब ४८ करोड रहेको छ ।

गत साउन महिनामा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । गत साउनमा नविकरण बीमा शुल्क आर्जन १७ अर्ब ३० करोड थियो भने प्रथम बीमा शुल्क आर्जन २ अर्ब २९ करोड थियो ।

गत साउन महिनामा असार महिनामा सुरक्षित गर्न नसकिएको व्यवसायलाई भित्र्याएका थिए । यसले गर्दा असारको छुटपुट व्यवसाय साउनमा जोडियो । त्यसमा पनि साउनमा राष्ट्रिय बीमा संस्थाले निजामति कर्मचारीको बीमा शुल्क संकलन गर्दा समग्र व्यवसाय धेरै देखिएको थियो ।

तर भदौ महिनामा भने केहि निरासा देखिएको छ । साउनको व्यवसायले बृद्धिदरमा राम्रो देखिए पनि भदौ एक महिनाको मात्रै व्यवसाय भने खासै उत्साहजनक छैन । भदौ महिनासम्ममा नेपाल लाइफले सर्वाधिक धेरै ८ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थानको ३ अर्ब ५६ करोड, तेस्रोमा एलआइसी ३ अर्ब ६ करोड, चौथोमा हिमालयन लाइफको २ अर्ब ९५ करोड र पाँचौमा नेशनल लाइफको २ अर्ब ९० करोड रहेको छ ।

मर्जरमा गएका सूर्यज्योति लाइफको एक अर्ब ५५ करोड, हिमालयन लाइफ २ अर्ब ९५ करोड, सानिमा रिलायन्स एक अर्ब एक करोड र प्रभु महालक्ष्मी लाइफको ८२ करोड रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया