NIMB Header 2
Nepal Life

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

National Life
  • BFIS News
  • 2026 Feb 03 12:04
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन शर्मा नियुक्त भएका छन्।

Shikhar
NIMB

बैंकको सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका सीईओ अशोक शेरचनले पदबाट राजीनामा दिएपछि बैंकमा सीईओ पद खाली रहेको थियो। बैंकका अनुसार शर्माको नियुक्ति मंगलबारदेखि नै लागू भएको छ।

नवनियुक्त सीईओ शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो कार्य अनुभव रहेको छ। उनले १० वर्षभन्दा बढी समय उच्च व्यवस्थापन तहमा रहेर विभिन्न बैंक तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। यसअघि उनले सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गर्दै संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि शर्मा केही समय बैंकिङ क्षेत्रबाट बाहिर रहेका थिए। सो अवधिमा उनी प्राध्यापन पेसामा संलग्न रहे। यसका साथै उनले ग्लोबल आइएमई बैंकमा करिब एक वर्ष तथा एनएमबी बैंकमा पनि लामो समय काम गरेको अनुभव छ।

शैक्षिक पृष्ठभूमिको कुरा गर्दा शर्माले भौतिकशास्त्र, अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर (मास्टर्स) तहको अध्ययन पूरा गरेका छन्। बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनले कीर्तिपुरस्थित विश्वविद्यालयमा भौतिकशास्त्र विषय अध्यापन गरेका थिए। हालसम्म उनी काठमाडौँ विश्वविद्यालय (केयू) को स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा एमबीएका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका थिए।

विगतको सफल नेतृत्व अनुभव र लामो पेशागत यात्राका आधारमा शर्माको नेतृत्वमा प्रभु बैंकले थप प्रगति र उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया