डिल्लीबजारका ज्येष्ठ मतदाताको अनुभव: नेताको वाचा पूरा नभएको गुनासो
- BFIS News
- 2026 Mar 05 15:49
काठमाडौँ, फागुन २१ गते । पद्मकन्या विद्याश्रम मतदान केन्द्र बाट मतदान गरेर फर्कँदै गर्नुभएकी ९० वर्षीया शान्ता रेग्मी लाई आफूले जीवनमा कति पटक मतदान गर्नुभयो भन्ने ठ्याक्कै सम्झना छैन।
विगतका निर्वाचनमा मत दिएका धेरै नेता जितेर गए पनि उनीहरूमध्ये अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न नसकेको गुनासो उहाँले गर्नुभयो। “अब त हामी डाँडापारिको घामजस्तै भइसक्यौँ। हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाऊन् भन्ने चाहना छ,” उहाँले भन्नुभयो।
उहाँकी नातिनी विदेशमा रहेको उल्लेख गर्दै रेग्मीले देशमै रोजगारीको राम्रो वातावरण भए युवापुस्ता विदेश जान बाध्य नहुने धारणा राख्नुभयो। “देशमै काम पाइयो भने किन विदेश जानुपर्यो र?” उहाँले प्रश्न गर्नुभयो।
डिल्लीबजारकै अर्का मतदाता गोकुल धिताल ले विगतलाई पूर्ण रूपमा निराशाजनक भन्न नमिल्ने बताउनुभयो। देशमा केही विकास भए पनि जनताको अपेक्षा अनुसार पर्याप्त काम हुन नसकेको उहाँको धारणा छ।
“धेरै पटक मतदान गरियो। विगतमा केही पनि भएन भन्न मिल्दैन, तर हाम्रो अपेक्षाअनुसार काम भएन,” उहाँले भन्नुभयो। उहाँले अहिलेको मुख्य आवश्यकता सुशासन र रोजगारी सिर्जना रहेको बताउँदै विशेषगरी नयाँ पुस्ता अर्थात् ‘जेनजी’ मतदाताको अपेक्षा सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो।
“युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,” उहाँले भन्नुभयो। आज विशेष परिस्थितिमा प्रतिनिधिसभा निर्वाचन भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)








प्रतिक्रिया