Nepal Life

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनुभएन

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 15:04
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनुभएन
National Life

काठमाडौँ, फागुन २१ गते । रामचन्द्र पौडेल र रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आजको मतदानमा सहभागी हुनुभएन।

Shikhar
NIMB

संवैधानिक संरक्षकका रूपमा तटस्थता कायम राख्ने उद्देश्यले उहाँहरूले मतदान नगर्ने निर्णय गर्नुभएको जनाइएको छ। रामचन्द्र पौडेल संविधानको संरक्षक तथा राष्ट्रको अभिभावक भएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेल ले जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले यसअघि आफ्नो गृह जिल्ला तनहुँ जिल्ला अन्तर्गत व्यास नगरपालिका–स्थित सत्यवती मावि मतदान केन्द्र बाट मतदान गर्दै आउनुभएको थियो।

त्यसैगरी रामसहायप्रसाद यादव ले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नहुनुभएको उहाँका प्रेस सल्लाहकार दिनेश यादव ले जानकारी दिनुभयो। उहाँले यसअघिका निर्वाचनमा बारा जिल्ला को बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया