Nepal Life

रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 15:42
रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ
National Life

रौतहट जिल्ला, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।

 

Shikhar
NIMB

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ का १५ वर्षीय आरजे हायात रहेका छन्।

यतीमखाना अनाथालय बैरिया मतदान केन्द्र मा अर्काको नाममा फर्जी मत खसाल्न खोजेको आरोपमा हायातलाई प्रहरीले नियन्त्रणमा लिएको मतदान अधिकृत सुभाष यादव ले जानकारी दिनुभयो।

उहाँका अनुसार राजपुर–९ बैरिया निवासी महम्मद आसिकको नाममा मतदान गर्न खोजिएको थियो। पहिचान भएपछि आरोपीलाई प्रहरीको जिम्मा लगाइएको हो।

पक्राउ परेका हायातलाई नियन्त्रणमा राखिएको र निर्वाचन ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहट का प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्याल ले जानकारी दिनुभयो।

प्रहरीले जिल्लाका विभिन्न मतदान केन्द्रबाट थप दुई–तीन जनालाई पनि नियन्त्रणमा लिएको सूचना आएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया