Nepal Life

भूकम्पबाट ४१० भौतिक संरचनामा क्षति

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Thu 04:37
भूकम्पबाट ४१० भौतिक संरचनामा क्षति
Sanima Reliance

काठमाडौं। बझाङ केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको छ । 

NIMB

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश विपद् कार्य सञ्चालन केन्द्रका अनुसार निजी घर र सरकारी भवनमा क्षति पुगेको हो । भूकम्पका कारण एक जना बेपत्ता भएका थिए । २७ जना घाइते भएका छन् । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । 

टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको केन्द्रले जानकारी दिएको छ ।

यस्तै, प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।  

भूकम्प केन्द्रबिन्दु भएको बझाङमा सबैभन्दा बढी ६४ घरमा पूर्णक्षति, २७७ घरमा आंशिक क्षति र नौ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । बाजुरामा नौवटा निजी घरमा पूर्णक्षति, १३ निजी घरमा आंशिक, एक सरकारी कार्यालयमा पूर्ण र पाँच सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । 

डडेलधुरामा चार निजी घरमा आंशिक क्षति, बैतडीको दुई निजी घरमा पूर्ण, तीन घरमा आंशिक र तीन सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । दार्चुलाको एक घर र एक सरकारी कार्यालयमा आंशिक क्षति, अछामको एक घरमा पूर्ण क्षति, दुई घरमा आंशिक र पाँच सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

यस्तै, डोटीमा एक घर र आठ सरकारी कार्यालयमा आंशिक क्षति भएको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । मङ्गलबार दिउँसो ५.३ र ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । दुई ठुलो भूकम्पपछि स–साना झट्का आउनेक्रम जारी रहेको बझाङमा कार्यरत शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए । उनिले पाँच–पाँच मिनेटको फरकमा समेत झट्का आउनेक्रम जारी रहेपछि गए राति बझाङवासीले घरबाहिरै रात बिताएको बताए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया