Nepal Life

बीमा सेवामा हुलाक टिकट टाँस्ने व्यवस्था खारेज

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 17:10
बीमा सेवामा हुलाक टिकट टाँस्ने व्यवस्था खारेज
National Life

काठमाडौं ।  बीमा सेवासम्बन्धी कागजातमा हुलाक टिकट टाँस्ने प्रचलन हटाइएको छ।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणले परिपत्र जारी गर्दै यस्तो अभ्यास अन्त्य गर्न बीमा कम्पनी, ब्रोकर र अन्य मध्यस्थकर्तालाई निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार मन्त्रिपरिषद्ले गत मंसिर २९ गते गरेको निर्णयअनुसार प्रचलित कानुनले अनिवार्य गरेको अवस्थामा बाहेक सेवा प्रवाहका क्रममा कागजातको आधिकारिकता पुष्टि गर्न आय टिकटका रूपमा हुलाक टिकट प्रयोग गर्ने व्यवस्था खारेज गरिएको हो।

उक्त मन्त्रिपरिषद् निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले सम्बन्धित सबै बीमक, दलाल तथा मध्यस्थकर्तालाई परिपत्रमार्फत जानकारी गराएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया