Nepal Life

सानिमा माइ हाइड्रोपावरको नाफा आधाभन्दा बढी घट्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 10 13:02
सानिमा माइ हाइड्रोपावरको नाफा आधाभन्दा बढी घट्यो
National Life

काठमाडौँ।  सानिमा माइ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको जनाएको छ।

Shikhar
NIMB

विद्युत बिक्रीबाट हुने आम्दानी कम भएपछि नाफामा प्रत्यक्ष असर परेको देखिएको छ।

पुस मसान्तसम्म कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा रहेको २६ करोड ९१ लाख रुपैयाँको तुलनामा ५३.३३ प्रतिशत कम हो।

समीक्षा अवधिमा विद्युत बिक्रीबाट प्राप्त आम्दानी ४५.८१ प्रतिशतले घटेको छ। त्यस्तै, कुल नाफा ५२.०७ प्रतिशतले घटेको विवरणमा उल्लेख छ। सञ्चालन मुनाफा पनि ६८.८९ प्रतिशतले घटेको छ भने वित्तीय खर्च ५६.१६ प्रतिशतले घटेको छ।

नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्षको तुलनामा ईपीएस ९ रुपैयाँ १२ पैसा घटेर ६ रुपैयाँ ७२ पैसामा झरेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात ८२.१४ गुणा कायम छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ्गमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा जनाइएको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया