NIMB Header 2
Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

National Life
  • BFIS News
  • 2026 Feb 11 20:11
हिमालयन लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीको सभा बुधबार काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो।

Shikhar
NIMB

सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको लागि प्रचलित कानुन बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

त्यस्तै, सभाले स्वतन्त्र संचालकका रूपमा गोपाल घिमिरेको नियुक्ति तथा संचालकमा दीपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि अनुमोदन गरिएको छ।

संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित भएको छ। प्रस्तावित विषयहरूमा नियमनकारी निकायबाट कुनै फेरबदल, संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही अनुरूप कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरिएको छ। साथै, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चलाई समेत सभाले अनुमोदन गरेको छ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने संचालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै आगामी दिनमा कम्पनीलाई अग्रणी बीमा कम्पनीका रूपमा स्थापित गर्न शेयरधनीहरूबाट प्राप्त सुझावहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया