NIMB Header 2
Nepal Life

कपिलवस्तुमा नक्कली नोटसहित चार पक्राउ, एक लाख बढी रकम बरामद

IME LIFE
  • BFIS News
  • 2026 Feb 20 21:18
कपिलवस्तुमा नक्कली नोटसहित चार पक्राउ, एक लाख बढी रकम बरामद
United Ajod

कपिलवस्तु, फागुन ८ गते । कपिलवस्तुका विभिन्न स्थानबाट नक्कली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Nepal Life
NIMB

नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–६, कोह्रनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रीतपूर्वक खानतलासी गर्दा यादवको साथबाट एक हजार दरका ९९ थान र विभिन्न स्थानमा कारोबार गरिएको दुई थान गरी जम्मा १ लाख १ हजार रुपैयाँ बराबरका १०१ थान नक्कली जस्तो देखिने नोट बरामद गरेको जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले बुद्धभूमि नगरपालिका–६ कै १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका–८ कचरीहवाका ५२ वर्षीय सञ्जय गुप्ता भनिने पटेश्वरी प्रसाद गुप्ता र ५० वर्षीया साजिदा खातुनलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त नक्कली नोट बुद्धभूमि नगरपालिका–१० स्थित एक पेट्रोल पम्प, तरकारी पसल तथा कपिलवस्तु नगरपालिका–३ स्थित एक पेट्रोल पम्पमा कारोबार भएको खुलेको छ।

नक्कली नोटको स्रोत र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया