विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना

  • BFIS News
  • 2023 Jun Fri 21:55
विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना

काठमाडौं । स्टार्टअप उद्यमलाई शुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना भएको छ । २०८० असार ०७ गते उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न एन्जल ईन्भेसरर्स मिटको नेटवर्कमा संगठनका अध्यक्ष राकेश सुराना, मेयर नागेश कोईराला, सुयश प्याकुरेल, नन्दकिशोर राठी, राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन कावरा, सुरेन्द्र गोल्छा, वीरेन्द्र राठी, दिपक कुमार अग्रवाल, जयन्द्र शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, विवेक राठी, मनोज अधिकारी, सुजित झा, विनय विष्णु के.सी, युक्ति गोल्छा, राघव कोईराला, मनोज विक्रम शाह, विकास कुमार वेगवानी, अशोक वगडिया, रोमन कट्टेलले आवद्ध हुन प्रतिवद्धता जनाएका छन ।  


विगत दुई वर्ष देखि संचालनमा रहेको स्टार्टअप कार्यक्रमको दोश्रो सत्रमा व्यवसायीक विकासको सेवा अन्तर्गत बजारीकरण, वुट क्याम्प, हाटबजार लगायतका कार्यक्रम संचालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले वताए । उनले संगठनको मेन्टरसिपमा रहेका स्र्टाटअपहरुलाई लगानीमा पहुच पु¥याउदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एन्जल ईन्भेष्टरर्स मिटको आयोजना गरिएको वताउदै व्यसायीक योजना भएरपनि लगानीका लागि विउपूजीको अभावमा व्यवसाय प्रारम्भ गर्नबाट वन्चित भएका व्यवसायलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने विश्वास संगठनका अध्यक्ष सुरानाले व्यक्त गरे । 
विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उद्योग संगठन मोरङले सानो स्वरुपमा संचालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफनो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरुपमा लगि युवाहरुलाई उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे । 
स्र्टाटअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले ईन्भेष्टमेन्टका मोडालिटी  र प्राविधिक विषयका सन्दर्भमा समितिले तयारी गरिरहेको जानकारी दिदै यसले युवा उद्यमशिलता विकासमा छुट्टै आयाम थप्ने विश्वास व्यक्त गरे । उनले असार ११ गते संगठन अन्तर्गतका दोश्रो चरणका तेह्र स्र्टाटअपहरुले आफनो व्यवसायको पिचिङ गर्ने र आफुलाई उपयुक्त लागेको व्यवसायमा ईन्भेष्टरर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको वताए । 
सो अवसरमा संगठनका अध्यक्ष राकेश सुराना, महानगरपालिकाका मेयर नागेश कोईराला, निर्वतमान अध्यक्ष सुयश प्याकुरेल र संयोजक सुरेन्द्र गोल्छाले एन्जल ईन्भेष्टरर्स नेटवर्कको लोगो अनावरण गरेको थिए । कार्यक्रममा संगठनको कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, वैंकसहरु, चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो । 
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया