Nepal Life

दशैँको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने 

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sat 07:28
दशैँको अवसरमा काठमाडौंमा सबैभन्दा ठूलो एक दिने माईपे मेला हुने 
Sanima Reliance

काठमाडौं । माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने माईपे मेला कार्यक्रम गर्ने भएको छ । असोज २६ गते शुक्रबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा माईपे इभेन्टस्को आयोजनामा उक्त मेला हुन लागेको हो ।

NIMB

मेलामा नेपालका चर्चित गायक सुगम पेखरेल, द इलिमेन्टस्, कबवेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने छ । केहि दिन अघि मात्रै माईपे इभेन्टस्ले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगितिक कार्यक्रम गरेको थियो । त्यस लगत्तै उसले दोस्रो संगितिक कार्यक्रम स्वरुप माईपे मेला गर्न लागेको हो । मेलामा खानाको च्यालेन्ज, चङ्गा डिजाइन, म्याजिक सो लगायत साङ्गीतिक कार्यक्रमहरु रहनेछन् । 

आगामी शुक्रवार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेट तथा माईपे इभेन्टस्को बेवसाइट बाट समेत टिकट लिन सकिने आयोजकले जनाएको छ । पहिलो १०० टिकट लिनेलाई विशेष छुटका साथ माईपेले टिकट सार्वजनिक गरिसकेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया