NIMB Header 2
Nepal Life

एनआरएन अधिवेशनमा भौतिक उपस्थितिका लागि उपाध्यक्ष उम्मेदवार केशव पौडेलको अपिल

Muktinath Bank
  • BFIS News
  • 2023 Oct 07 12:58
एनआरएन अधिवेशनमा भौतिक उपस्थितिका लागि उपाध्यक्ष उम्मेदवार केशव पौडेलको अपिल
National Life

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष उम्मेदवार डा. केशव पौडेलले सबै प्रतिनिधिलाई ११ औं अधिवेशनमा सहभागीताका लागि अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले छानिएका सबै प्रतिनिधिलाई यही अक्टोबर १७ देखि काठमाण्डौंमा ११ औं महाधिवेशन तथा तेस्रो विश्व  ज्ञान सम्मेलनमा भौतिक सहभागीताका लागि अनुरोध गरेका छन् ।

Shikhar
NIMB

उनले भनेका छन्, ‘सम्मेलनमा तपाईहरुको भौतिक सहभागिताको अपेक्षा राखेको छु, यदि कारणवश वा आफ्नो समय व्यवस्थापनका कारण भौतिक रुपमा सहभागि हुन नसक्नुभएको खण्डमा पनि तपाईहरुले अनलाईन माध्यम मार्फत आफ्नो अमुल्य मत दिई सवल र सक्षम नेतृत्व सहीत एनआरएनएको अन्तर्राष्ट्रिय समिति निर्माणमा योगदान र सहभागिता जनाउनुहुनेनै छ भन्ने मेरो विश्वास रहेको छ ।’

डा. पौडेलले नयाँ कार्यसमिति बने पश्चात यस पछिका सम्मेलनहरुमा सबै एनआरएनए सदस्यहरुले मतदान गर्न सक्ने व्यवस्थाका लागि आफ्नो प्रतिवद्धता जनाउँदै सबै मिलेर लाग्ने बताएका छन् ।  

हाल संघको महासचिवका रुपमा गैरआवासीय नागरिकताका लागि सक्रिय भूमिका खेलेका पौडेलले संघको अभियानमा उपाध्यक्षको भूमिकामा अघि बढ्ने चाहना व्यक्त गरेको स्मरण गराउँदै उपाध्यक्षको भूमिकामा रही सेवा गर्ने  अवसर दिने व्यक्त गरेका छन् ।
सम्मेलनको पूर्व सन्ध्यामा विभिन्न देशमा नेपालीमाझ अन्तरक्रिया गरे पनि सबैसमक्ष पुग्न नसकेको भन्दै पौडेलले भनेका छन्, ‘तपाईहरु सबैलाई प्रत्यक्ष रुपमा तपाईहरु रहनुभएको राष्ट्र र शहरमा गई भेट्ने प्रयासले पूर्णता पाउन नसकेपनि विभिन्न माध्यममार्फत तपाईहरुसँग जोडिईरहेको छु र जोडिने नै छु ।’

अमेरिकाबाट नेपाल प्रस्थान गर्नुअघि उनले लेखेका छन्, ‘तपाईहरु सबैलाई सम्मेलन स्थलमा भेट्ने र भलाकुसारी गर्ने तिव्र अभिलासा सहीत मातृभुमी नेपालको यात्रामा निस्किएको छु ।’

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया