Nepal Life

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा नेपाल फर्किन चाहनेका लागि नयाँ सूचना

NMB Bank
  • BFIS News
  • 2026 Mar 04 16:21
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा नेपाल फर्किन चाहनेका लागि नयाँ सूचना
National Life

काठमाडौँ, फागुन २० गते । अबुधाबीस्थित नेपाली राजदूतावास, अबुधाबी ले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि बुधबार नयाँ सूचना जारी गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको विवरण भर्ने लिंकमा प्राविधिक समस्या देखिएपछि नयाँ लिंक उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

Shikhar
NIMB

यसअघि सार्वजनिक गरिएको लिंकमार्फत विवरण भरिसकेका नेपालीले पुनः नयाँ लिंकमा विवरण उपलब्ध गराउन आवश्यक नरहेको दूतावासले स्पष्ट पारेको छ । नयाँ सूचना भने यसअघि विवरण नभरेका व्यक्तिका लागि जारी गरिएको हो ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “यसअघि प्रकाशन गरिएको विवरण फारामको लिंकमा प्राविधिक समस्या आएकोले तलको लिंक उपलब्ध गराइएको हो । फाराममा आफ्नो विवरण उपलब्ध गराइसक्नु भएका व्यक्तिले पुनः यो फाराम भरिरहनु नपर्ने व्यहोरा अनुरोध छ ।”

 

पर्यटक भिसा तथा ट्रान्जिटमा रहेका, भिसा अवधि समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई कन्सुलर सेवा विभागको लिंकमार्फत आफ्नो विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको छ ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया