रूपन्देही २ मा ठूलो मतान्तरले पछि परे विष्णु पौडेल
- BFIS News
- 2026 Mar 06 04:57
काठमाडौं । रूपन्देही २ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले फराकिलो मतान्तरले पछि पारेका छन् । अहिलेसम्मको मत गणना अनुसार सुलभले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।
खरेलले २७८१ मत प्राप्त गर्दा पौडेलले जम्मा ७०९ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ३०५ मा ल्याएर पछ्याइरहेका छन् ।
रुपन्देही २ मा तिलोतमा नगरपालिका १ बाट मतगणना गर्न सुरु गरिएको थियो । यो क्षेत्रमा उनीहरू बाहेक नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे, जनता समाजवादी पार्टीका दीपक गुरूङ, जनमत पार्टीका रमेश लोध सहित ३९ जना प्रतिस्पर्धामा छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpg)







प्रतिक्रिया