Nepal Life

गार्डियन माइक्रोले बाग्लुङ्गमा खोल्यो नयाँ उप शाखा कार्यालय

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sat 14:10
गार्डियन माइक्रोले बाग्लुङ्गमा खोल्यो नयाँ उप शाखा कार्यालय
Sanima Reliance

काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङ्गमा उप शाखा कार्यालय स्थापना गरेको छ । बाग्लुङ्ग नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले आज शनिवार उप-शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

NIMB

बीमा सेवालाई न्युन आय भएका नागरिकहरुको पंहुचसम्म पुर्याउने राज्यको नीति अनुरुप शाखा कार्यालय विस्तार गरिएको कम्पनीले जनाएको छ ।  उक्त कार्यक्रमका प्रमुख अतिथि बसन्त कुमार श्रेष्ठले जीवन बीमा न्युन आय भएकाहरुको लागि
अति आवश्यक रहेको हुँदा यस लघु जीवन बीमाले सबैलाइ समेट्न सक्ने बिश्वास ब्यक्त गरेका छन् । यस क्षेत्रमा उपशाखा खोली जनतालाई लघु बीमा सेवा उपलब्ध गराउन लागेकोमा गार्डियन माइक्रो लाइफलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै सम्पुर्ण जनतामा कम्पनीले उपलब्ध गराउने सेवामा सहभागी हुन समेत अनुरोध गरेका छन् । 

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले लघु जीवन बीमाको महत्व र आवश्यकता वारे प्रकाश पार्दै आगामी दिनहरुमा स्थानीय निकायसँग हातेमालो गरि लघु जीवन बीमा सेवालाई न्यून आय भएका नागरिकहरुको घर दैलौसम्म
सहज र सरल तरिकाले पुर्याउने र आवश्यक कागजात पुरा भएको २४ घण्टा भित्र दावी भुक्तानी दिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया