Nepal Life

कुन ग्रह भएकाले केमा लगानी गर्दा लाभ प्राप्त गर्छन् ? हेर्नुहोस तपाइको कस्तो छ योग

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sat 21:35
कुन ग्रह भएकाले केमा लगानी गर्दा लाभ प्राप्त गर्छन् ? हेर्नुहोस तपाइको कस्तो छ योग
Sanima Reliance

काठमाडौं । तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले आफ्नो जन्म कुण्डली तथा राशिसँग जोडिएका केही कुराहरूलाई ध्यान दिनुभयो भने यसले ठूलो सहयोग पुर्याउन सक्छ ।

NIMB

ग्रह र सम्पत्तिबीचको सम्बन्ध

यो सम्पूर्ण चराचर जगत ग्रहको अधीनमा छ । सबै कुरा ग्रहबाटै निर्देशित छन् । प्राचीन समयमा ग्रहको प्रयोग बढी थियो । यसमा राजनैतिक एवं संस्कृतिक क्रान्ति एवं विचलनहरूले गर्दा केही तलमाथि परेको मात्र हो । अहिले ग्रहका बारेमा अझ बढी खोजीनीति गर्न थालिएको छ । गुगलमा सबैभन्दा बढी खोजिने शब्द नै यौन र ग्रह हो । पूर्वीय दर्शनको समष्टिगत अवधारणा वेदमा उल्लेख गरिएको छ । वेदलाई चार भागमा बाँडिएको छ, पहिले त्यो एउटै थियो । वेदले पुरुषार्थको कुरा गरेको छ । वेदमा क्रमश: धर्म, अर्थ, काम तथा मोक्षको वर्णन गरिएको छ । धर्मपछि अर्थ छ, अर्थ नभै काम र मोक्ष हुन सक्दैन । ज्योतिषशास्त्रमा पनि चारवटा पुरुषार्थकै कुरा आउँछ । हाम्रो भाषामा ग्रहसँग सम्बन्धित रहेर गरिने हिसाबलाई सिद्धान्त ज्योतिष भनिन्छ । यो अध्ययन चारवटा भौगोलिक बिन्दुलाई आधार मानेर गरिन्छ । केही दिन लामो तथा रात छोटो हुने, केही दिन छोटो तथा रात लामो हुने हुन्छ । दुई दिनचाहिँ रात–दिन बराबर हुन्छन् । त्यही बिन्दुलाई आधार मानेर ग्रहहरूको गणना गरिन्छ । अर्को रमाइलो कुरा हामीले पढाउने एस्ट्रोनोमी भनेको हेलियो सेन्ट्रिक हो, जसमा सूर्यलाई केन्द्र मानिन्छ, हामीले चाहिँ पृथ्वीलाई केन्द्र मान्ने हो । पृथ्वीको वरपर घुमिरहने ग्रहपथलाई विभाजन गरेर १२ वटा राशिमण्डल नापिन्छ । त्यसभित्र अन्य सूक्ष्म भाग छन् त्यसलाई नक्षत्रमण्डल भनिन्छ । ग्रहहरू राशिमण्डल हँुदै हिँड्छन् । जुन काल्पनिक बाटो हो, जसरी हामी भूमध्य रेखा भन्छौ त्यस्तै हो । त्यही बाटो भएर ग्रहहरू घुम्ने हुन् । मानिस जन्मदा कुन ग्रह कहाँ कसरी बसेको थियो भन्ने गणना गरेर एउटा कोठा बनाइन्छ । त्यो कोठालाई हाम्रो भाषामा जन्म कुण्डली भनिन्छ । जतिबेला मानिसले पृथ्वीमा पहिलो पटक श्वास लियो, त्यसकै आधारमा जन्मकुण्डली बन्छ र त्यही कुण्डलीका आधारमा धनसम्पत्ति, विद्या, बुद्धि, विवाहलगायत हाम्रो जीवन पद्धतिको कुरा गरिन्छ । 

बढी धनी हुने योग

धनसम्बन्धी दुईवटा तथ्य छन् । एउटा ग्रहको कुरा हुन्छ अर्को राशिमण्डलको कुरा आउँछ । ज्योतिष शास्त्रको कुण्डलीमा १२ वटा कोठा छन्, जसमा २, ६, १० र ११ औं कोठा धनसम्बन्धी हुन्छ । ग्रहमा बृहस्पति, चन्द्र तथा शुक्रलाई धनसँग जोडिन्छ । चन्द्रमा र शुक्रलाई लक्ष्मी मानिन्छ भने बृहस्पति ज्ञानसँग सम्बन्धित छ । पैसा त दुवैले कमाउँछन् । एउटा ज्ञान भएकाले, अर्को पुरुषार्थ भएकाले । जसको जन्मकालमा बृहस्पति बलियो छ त्यसले ज्ञानी भएर धन कमाउँछ । जसको चन्द्रमा र शुक्र बलियो छ, उसले पुरुषार्थी भएर धन कमाउँछ । हाम्रो धर्मशास्त्रमा संसारलाई तीन प्रकारका मानिसले मात्र भोग्न सक्छन् भनेर लेखिएको छ । जो ज्ञानी छ, त्यसले भोग्न सक्छ, जो पुरुषार्थी छ त्यसले भोग्न सक्छ र तेस्रो चाकडीबाजले पनि भोग्न सक्छ । चाकडी गर्ने ग्रह भनेका राहु र केतु हुन् । हाम्रो शास्त्रअनुसार चाकडी गर्नेहरूले पनि पैसा कमाउँछन् । 

सम्पत्ति कमाउने योग

जन्मदा पूर्णिमाको आसपास जन्मियो भने चन्द्रमा बलियो हुन्छ, त्यस्तो मानिसले पैसा कमाउँछ । त्यस्तो मानिस स्वाभाविक रूपमा धनी हुन्छ । औंसीको आसपास जन्मनेहरूको आर्थिक अवस्था कमजोर हुन्छ । जन्मदा वृहस्पति ग्रह उचो भयो, कर्म, धन, लाभ र बुद्धि स्थानमा बस्यो भने मानिस धनी हुन्छ । धन पनि दुई खालको हुन्छ, एउटा पैतृक सम्पत्ति र अर्को आफैंले कमाउने सम्पत्ति । दसौं स्थानको स्वामी शुभ पर्‍यो भने आफैं सम्पत्ति कमाउने योग हुन्छ । द्वितीय स्थानको स्वामी शुभ परे पैतृक सम्पत्ति प्राप्त गर्ने योग रहन्छ । दुवै स्वामी शुभ हुने व्यक्ति मालामाल हुन्छ । अर्को तिथिको पनि नियम छ । जुन व्यक्ति पञ्चमी, दशमी, पूर्णिमा (यी तीन तिथिलाई पूर्ण तिथि भनिन्छ ।) मा जन्मिएका छन्, उनीहरूले पूर्ण रूपमा सम्पत्ति कमाउँछन् । जो चतुर्थी, नवमी, चतुर्दशी वा औंसीमा जन्मन्छन् त्यस्ता व्यक्ति स्वभाविक रूपमा दु:खी हुन्छन् । यी तिथिलाई रित्तो तिथि भनिन्छ । जति गरे पनि केही नहुने हुन्छ । गरेको लगानी पनि नउक्सिने सम्भावना हुन्छ । 

कुन ग्रह भएकाले केमा लगानी गर्दा लाभ प्राप्त गर्न सक्छ 

संस्कृत सिलोकमा लेखिएको छ– उद्योगधन्दा गर्‍यो भने दरिद्रता नास हुन्छ । उद्योगधन्दा गर्नेहरूको मंगल तथा शनि ग्रह बलियो हुनुपर्छ । यदि लाभ स्थानको स्वामी मंगल वा शनि भए उद्योग गर भन्ने हो । चन्द्रमाको दायाँ–बायाँ यी ग्रह बसेका छन भने त्यसलाई दुरधरा भनिन्छ । यस्ता मानिसले प्रसस्त धन कमाउने सम्भावना हुन्छ । 

कुन महिनामा जन्मिएका मानिसलाई लक्ष्मीले पत्याउँछिन् ?

सूर्यका आधारमा पनि जन्मकुण्डली हेर्न सकिन्छ । सूर्य एउटा महिना एउटा राशिमा बस्छ । यदि सूर्यको दायाँ–बायाँ अनुकूल ग्रह बसेका छन भने जातकले सम्पत्ति कमाउने योग रहन्छ । जुन व्यक्ति सूर्य बलियो भएको महिनामा जन्मन्छ उ सामान्यतया धनी नै हुन्छ । वैशाख, असार, भदौ र मंसिर महिनामा सूर्य बलियो हुन्छ । जेठ, माघ र कात्तिकमा सूर्य कमजोर हुन्छ । यी महिनामा जन्मिएकाहरूको सम्पत्ति कमाउने योग राम्रो हुँदैन । अन्य महिना जन्मिएकाहरू सामान्य हुन्छन् । भदौ महिनामा सूर्य आफ्नै घरमा हुन्छ । यो महिनामा जन्मिएकाहरूलाई स्त्री र धनले छोड्दैनन् । 

समयका हिसाबले कुन समय राम्रो मानिन्छ ? 

ज्योतिषशास्त्रमा राजयोग भन्ने हुन्छ, सामान्य रूपमा हेर्दा राज भनेको राजा । एक किसिमले राजा भनेको धनी, सम्पन्न एवं विद्वान् हुन्छन् भन्ने सोच छ भने अर्को किसिमले लुटेरा भएर पनि सबै सम्पत्ति आफैं मात्र कुम्ल्याउँछन् भन्ने मान्यता पनि छ, तर ज्योतिषशास्त्र अनुसार जसले न्याय गर्न र दण्ड दिन सक्छ त्यसैलाई राजा भनिन्छ । राजयोगमा जन्मिएका व्यक्ति पनि धनी हुन्छन् । ज्योतिषमा मध्यान्ह तथा मध्यरातमा जन्मिएकाहरूलाई राजयोग भएको भनिन्छ । मध्यान्हमा एक घडी (२४ मिनेट) र रात्रीमा एक घडी (२४ मिनेट) लाई राजयोग मानिन्छ । बिहानको शुक्र तारा उदाउने आसपासको समयमा जन्मिएकाहरू पनि निकै धनी हुन्छन् भन्ने मान्यता छ । 

धन कमाउने मामिलामा बारको पनि कुनै भूमिका हुन्छ ? 

बारको हिसाबमा बिहीबार, शुक्रबार, सोमबार र बुधबार जन्मिएकाहरू धनी, बाठा अनि फुर्तिला हुन्छन् । आइतबार र मंगलबार जन्मिएकाहरू रोगी हुन्छन् । शनिबार जन्मिएकाहरू अलि दु:खी हुन्छन्, श्रमिक हुन्छन् भन्ने छ । त्यस्तै राशिका आधारमा शुक्र, सूर्य, बृहस्पति राशिमा जन्मिएकाहरू स्वभाविक रूपमा धनी हुन्छन् । धनु, मिन, सिंह तथा तुला राशिका मानिसले धन कमाउँछन् । शनिको राशिमा जन्मिएका मकर र कुम्भ राशि भएकाहरूले धन कमाउन सक्दैनन । अन्य राशि सामान्य हुन्छन् ।

कस्ता मानिसलाई जुवा फाप्छ ?

यो जुवा–तासको कुरा वैदिकभन्दा पनि तान्त्रिक मतअनुसार हुन्छ ।तन्त्रमा जुवा जित्न कालो बिरालोको साल बोक्नुपर्छ भन्ने मान्यता छ । जुवालाई क्रुर कर्म मानिन्छ । जब मानिसमा पिंगला (दायाँ नाकबाट श्वास चलिरहेका अवस्था) चलेको हुन्छ, त्यतिबेला जुवा खेल्नु राम्रो मानिन्छ । काल राहु, योगिनी भन्ने चलन पनि छ । 

कसै–कसैले जति नै मेहनत गर्दा पनि पैसा कमाउन सक्दैनन्, किन होला ?

ज्योतिषशास्त्रमा एउटा दरिद्र योग भन्ने अप्ठ्यारो योग छ । नामै दरिद्र योग, केही गर्दा पनि नहुने । यो केन्द्र खाली भयो भने मानिस दरिद्र हुन्छ । चन्द्रमाको दायाँ–बायाँ कुनै ग्रह छैन वा देखेको छैन भने पनि दरिद्र योग हुन्छ । अर्को दिवालीया योग हुन्छ । यो भएको सबै सम्पत्ति सकिने योग हो । 

कसै–कसैसँग एक समय कुस्त पैसा हुन्छ । केही समयमै तिनीहरू गरिबको कोटीमा पुग्छन्, किन होला ? 

हाम्रो ज्योतिषशास्त्रले समय परिवर्तनशील छ भन्छ । जसरी ऋतु परिवर्तन हुन्छ, त्यसरी नै समय पनि परिवर्तन हुन्छ । समय परिवर्तन हुने कुरालाई दशा वर्षअनुसार गणना गरिन्छ । दशा वर्ष राम्रो भएका बेला राम्रो हुन्छ । जुन बेला जसको धन र बुद्धिको स्वामी ग्रह चलिरहेको हुन्छ उसले कमाउँछ । यदि दशा वर्ष नराम्रो चलेको समय छ भने भएको पनि सकिँदै जान्छ । अस्तग्रह, वक्री दशा ग्रह, नीच ग्रह चलेका बेला त्यस्तो हुन्छ । त्यतिबेला स्वभाविक रूपमा धन घट्दै जान्छ । कतिपय अवस्थामा पछि गएर फेरि राम्रो पनि हुन्छ । खराब समयको दशा वर्ष सकिएपछि मानिस पहिलेको भन्दा राम्रो स्थानमा समेत पुग्न सक्छ । 

यस्तो समयलाई कसरी पार गर्न सकिन्छ ?

एउटा पुरुषार्थले काम गर्छ भने अर्को प्रेरणाले पनि काम गर्छ । ग्रह दशा बिग्रिएका मानिसलाई धातु वा रत्न लगाउने, पूजा–पाठ गर्ने सल्लाह पनि त्यसैले दिइन्छ । यसले मनोवैज्ञानिक प्रेरणा मिल्छ । रत्न लगाउँदा ग्रहहरूले रत्नलाई प्रभाव पार्छन् र त्यो रत्नले मानिसलाई प्रभाव पार्छ । रत्न ग्रहलाई खुसी तुल्याउन लगाउने हो । मन्दिर जान सल्लाह दिनुका दुई कारण छन् । एउटा धार्मिक आस्थाका कारण त्यहाँ पुगेपछि फ्रेस भइन्छ, अर्को त्यहाँको बनौट विशेष वास्तु मिलाएर बनाइएको हुँदा शक्ति प्राप्त हुन्छ । सबैभन्दा ठूलो कुरा त्यहाँ धेरै मान्छे देखिन्छन्, जसले गर्दा म मात्र होइन, म जस्तो समस्यामा परेका धेरै रहेछन् भनेर बाँच्ने प्रेरणा मिल्छ । 

राशिअनुसार लगानीको कुरा पनि गरिन्छ नि ? 

राशिको नियम त सामान्य हो । ज्योतिषमा कर्मस्थानको एउटा नियम छ । कर्मस्थानमा बसेको ग्रहअनुसार उसलाई कर्म वा आजीविका प्राप्त हुन्छ भनिन्छ । कर्मस्थानमा राम्रो ग्रह बस्यो भने एकदम राम्रो खालको काम पाइन्छ, कर्मस्थानमा कमजोर ग्रह बस्यो भने कमसल काम पाइन्छ । मेष र वृश्चिक राशिका मानिसले धातु तथा औजारमा लगानी गर्नु उपयुक्त हुन्छ । वृष, तुला, कर्कट र मकर राशिहरूलाई बन्द व्यापार तथा आयात निर्यातमा लगानी गर्दा फलिफाप हुन्छ । शनिको राशि भनेका मकर र कुम्भ हुन्, शनिको सम्बन्ध फलाम र जमिनसँग हुन्छ । नेपाली पण्डितहरूले फलामलाई मात्र जोड दिन्छन् तर पश्चिमाहरूले खानीमा पनि जोड दिन्छन् । त्योभन्दा सूक्ष्म कुरा जन्मकुण्डलीमा कर्मको स्वामी कहाँ बसेको छ, कसरी बसेको छ त्यसअनुरूप लगानी गर्दा फलिफाप हुन्छ । 

जागिर गर्दा राम्रो कि व्यापार गर्दा राम्रो भन्ने कुरा कसरी छुट्याइन्छ ? 

त्यसको सामान्य नियम के छ भने जो आफूप्रति वफादार हुन्छ उसले व्यापार गर्छ, जो अरूप्रति वफादार हुन्छ उसले जागिर गर्छ । परम्परागत भाषामा मालिक र सेवक भनिन्छ । मालिक हुनलाई लग्न बलियो हुनुपर्‍यो, सेवक हुन कमजोर । लग्न बलियो भएपछि आफूप्रति वफादार हुन्छ, लग्न कमजोर भएपछि अरूप्रति वफादार हुन्छ । 

लक्ष्मीपूजा किन गरिन्छ ? 

हाम्रो मान्यताअनुसार लक्ष्मी भनेकी धनकी देवी हुन् । लक्ष्मीलाई खुसी तुल्याउन कात्तिक महिनाभरि नै आकाशदीप बालिन्छ । कात्तिक महिनामा विष्णु भगवान्को ठूलो उत्सव हुन्छ । यो महिना दामोदर नाम गरेका विष्णुको पूजा हुन्छ । औंसीका दिन जुन लक्ष्मीपूजा हुन्छ, त्यतिबेला लक्ष्मी भित्र्याउने भनिन्छ । यसमा दुईवटा नियम छ । एउटा प्रदोषकाल हुन्छ, लक्ष्मीपूजाको दिन प्रदोषकाल भनेको घाम अस्ताएदेखि २४ मिनेटअघि र २४ मिनेटपछिको, जुन ४८ मिनेट समय हुन्छ, त्यो समयलाई राम्रो मानिन्छ । त्यो समयमा लक्ष्मी भित्र्याउन मिल्छ । व्यवसायीहरूले आफ्ना व्यवसायिक प्रतिष्ठानहरूमा यही बेला लक्ष्मी भित्र्याउँछन् । त्यसपछि गृहस्थीहरूले लक्ष्मी भित्र्याउन स्थिर लग्न पार्नुपर्छ । व्यापार–व्यवसायको सुरुवात पनि स्थिर लग्नमा गर्नुपर्छ । चरमा सामान पठाउनुपर्छ । यस पटक २१ गते बुधबार लक्ष्मी पूजा छ । काठमाडौंमा गृहस्थीले लक्ष्मी भित्र्याउने स्थिर लग्न वा वृष लग्न ५:४३ देखि ७:३५ सम्म छ । गृहस्थीहरूका लागि यो लग्न अत्यन्तै शुभ मानिन्छ । मध्यराति अर्को लग्न आउँछ सिंह लग्न । भारतीयहरूले मध्यरातिको सिंह लग्न पार्छन् । स्थिर लग्नमा लक्ष्मी भित्र्याउँदा उनी स्थिर भएर बस्छिन् भन्ने मान्यता छ । हाम्रो मन, धन र स्त्री जहिले पनि चञ्चल हुन्छन्, त्यसलाई बाँध्न हामीकहाँ विभिन्न धार्मिक नियम बनाइएका छन् । 

धनलाई कसरी आफैंसँग बाँधेर राख्न सकिन्छ ? 

तन्त्र र पुराणले पनि भन्छ लक्ष्मीको उत्पत्ति समुद्रमा भएको थियो । अहिलेको अर्थराजनीति हेर्दा पनि जुन देश समुद्रसँग जोडिएका छन्, ती देशहरू धनी छन् । समुद्रबाट लक्ष्मीसँगै उत्पत्ति भएका धेरै कुरा छन्, मोती, कौडा, बाबियो, शंख आदि । बाबियोलाई लक्ष्मीको कपाल भनिन्छ, लक्ष्मी पूजाको दिन बाबियो, कौडा, शंख तथा सिपी भित्र्याएर राख्यो भने लक्ष्मी पनि भित्रिन्छिन् भनिन्छ । कार्यस्थलमा ९ वटा सेतो कौडालाई पोको पारेर राख्नुपर्छ, यसो गर्दा लक्ष्मी स्थिर हुन्छिन् । पारद वा स्फटिकको श्रीयन्त्रलाई विधिपूर्वक पूजा गरेर जगाउँदा पनि लक्ष्मी स्थित हुन्छिन् । 

कुन–कुन राशिका मानिसले बढी पैसा जम्मा गर्छन् ? 

ज्योतिषमा चर, स्थिर, द्विस्वभाव भन्ने राशि हुन्छ । चर भनेको मेष, कर्कट, तुला, मकर, यी राशिमा आएको धन पनि जान्छ । स्थिर भनेको वृष, सिंह, वृश्चिक तथा कुम्भ, यी राशिमा आएको धन जोगिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया