Nepal Life

सल्यानमा बस दुर्घटना, दुईको मृत्यु १४ घाइते

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 04:24
सल्यानमा बस दुर्घटना, दुईको मृत्यु १४ घाइते
Sanima Reliance

सल्यान । सल्यानमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान झिम्पेतर्फ जाँदैगरेको ना ६ ख ५४६३ नम्बरको बस आज दिउँसो कपुरकोट गाउँपालिका –३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो । 

NIMB

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका –६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका –६ की ४० वर्षीया अनिता बोहराको मुत्यु भएको बताए । 

वसमा  सवार यात्रुमध्ये १४ जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नवीन कार्कीले दुर्घटनाका विषयमा अनुसन्धान भइरहको वताउनुभयो । उनका अनुसार बस सडकदेखि करिब ५५ मिटर तल खसेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया