Nepal Life

आरएसडिसी लघुवित्तको अहिलेसम्मकै कम लाभांश घोषणा, हेर्नुहोस् लाभांश इतिहास

NMB Bank
  • BFIS News
  • 2023 Oct 08 11:03
आरएसडिसी लघुवित्तको अहिलेसम्मकै कम लाभांश घोषणा, हेर्नुहोस् लाभांश इतिहास
National Life

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाले अहिलेसम्मकै सर्वाधिक कम लाभांश दिने भएको छ । 

Shikhar
NIMB

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.०५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ८.६० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.४५२६ प्रतिशत नगद लाभांश रहेको छ। संस्थाले गत वर्ष ११ प्रतिशत लाभांश दिएको थियो । 

नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो लाभांश वितरण गरिनेछ। असोज १९ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया