Nepal Life

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2023 Oct 08 11:18
सानिमा बैंकको १४.७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं । सानिमा बैंकले घोषणा गरेको लाभांश आजसम्म कायम शेयरधनीले मात्रै पाउनेछन् । अर्थात दोस्रो बजारमा आजसम्म शेयर खरिद गर्नेले बैंकले घोषणा गरेको ९ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश पाउने छन् ।  

Shikhar
NIMB

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया