Nepal Life

जन्मदिनको अवसरमा शुशिल आचार्यले श्रीमतीलाई दिए प्रभु महालक्ष्मीको बीमा पोलिसी उपहार

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 12:38
जन्मदिनको अवसरमा शुशिल आचार्यले श्रीमतीलाई दिए प्रभु महालक्ष्मीको बीमा पोलिसी उपहार
Sanima Reliance

काठमाडौं । नवलपरासीका शुशिल आचार्यले श्रीमतीको जन्मदिनको अवसरमा प्रभु महालक्ष्मी लाइफको जीवन बीमा पोलिसी उपहार दिएका छन् । मध्यबिन्दु-१०, अरुणखोला निवासी शुशिल आचार्यले श्रीमती ज्योति घिमिरे आचार्यको जन्मदिनको अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको "सुपर सुरक्षित बीमा" पोलिसी छनौट गरि उपहार स्वरुप हस्तान्तरण गरेका छन् ।

NIMB

नेपाली समाजमा जन्मदिनको अवसरमा विभिन्न किसिमका खर्चिला उपहार दिने प्रचलन छ । त्यस्ता उपहारले जीवनमा खासै ठुलो महत्व राख्दैनन् । क्षणिक रुपमा राम्रा लाग्ने उपहार खर्चिला मात्रै हुन्छन् । तर आचार्यले जन्मदिनको अवसर पारेर बचत सँगै सुरक्षा प्रदान गर्ने जीवन बीमा पोलिसी रोजेका हुन् । 

उनको यस्तो सोचलाई लिएर कम्पनीले उनलाई बधाईका साथै शुभकामना व्यक्त गरेको छ । बीमा सल्लाहकार विन्दु पोख्रेलले आचार्यलाई सहजिकरण गरेकी हुन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया