बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
- BFIS News
- 2026 Mar 15 11:33
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ।
केन्द्रीय बैंकले उक्त रकम बजारबाट तान्नका लागि आइतबार बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार चैत १ गते दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरिनेछ। यस प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम रकम भने ५ करोड रुपैयाँको गुणकका आधारमा कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन्।
केन्द्रीय बैंकले बोलकबोल ब्याजदरका आधारमा प्रस्ताव माग गरेको छ। बहुब्याजदर प्रणालीमा एकभन्दा बढी दरमा प्रस्ताव पेश गर्न पनि अनुमति दिइएको छ। निक्षेप संकलन प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन दिइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार २८ दिने अवधिको निक्षेप संकलन उपकरणमार्फत उठाइएको रकमको साँवा तथा ब्याज आगामी चैत २९ गते भुक्तानी गरिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)









.jpg)



प्रतिक्रिया