Nepal Life

सन नेपाल लाइफले ल्यायो गज्जबको अफर, व्यतित बीमालेखमा सत प्रतिशत व्याज छुट

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 15:42
सन नेपाल लाइफले ल्यायो गज्जबको अफर, व्यतित बीमालेखमा सत प्रतिशत व्याज छुट
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुका लागि गज्जबको अफर ल्याएको छ । कम्पनी व्यतित बीमालेखलाई नविकरण गर्ने उद्देश्यका साथ हाल नविकरण बीमा शुल्क भुक्तानी गर्न नसकेर बसेका बीमितलाई सत प्रतिशत व्याज छुटको अफर ल्याएको हो ।

NIMB

जीवन बीमा कम्पनीहरुले व्यतित बीमालेखमा हर्जना बापत निश्चित प्रतिशत व्याज लिने गरेका छन् । बीमा पोलिसीको डिजाइनकै समयमा बीमितले समयमै बीमा शुल्क भुक्तानी गर्ने मान्यताका साथ बीमा शुल्क निर्धारण गरिएको हुन्छ । यदि बीमितले समयमा बीमा शुल्क भुक्तानी नगरेमा कम्पनीले बीमितलाई तोकिएको बोनस दिन सक्दैन । अर्को तर्फ बीमा कम्पनीहरुले बीमित सँगै उठाएको रकमलाई विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट आउने प्रतिफलका आधारमा बोनसदर निर्धारण गरेका हुन्छन् ।

तर सन नेपाल लाइफले अहिलेको आर्थिक मन्दीको अवस्थालाई मध्यनजर गर्दै व्यतित बीमालेखमा व्याज छट दिएर बीमितलाई थप आकर्षित गर्न खोजेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया