राष्ट्रिय वाणिज्य बैंकद्वारा “स्मार्ट मनी टक” कार्यक्रम आयोजना
- BFIS News
- 2026 Mar 23 11:29
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विश्वव्यापी रूपमा मनाइने Global Money Week 2026 को अवसर पारेर रत्न राज्यलक्ष्मी माध्यमिक विद्यलायमा “स्मार्ट मनी टक” कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्दै विद्यालय तहबाटै आर्थिक ज्ञानको सुरुवात हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, बचत र त्यसबाट अधिकतम लाभ कसरी लिन सकिन्छ भन्ने विषयमा जानकारी दिए।
खानालले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय जोखिमहरू पनि बढ्दै गएको उल्लेख गर्दै अपरिचित फोन कल, सन्देश वा सामाजिक सञ्जालका लिंकमार्फत हुने ठगीबाट सचेत रहन आग्रह गरे। उनले वित्तीय साक्षरता विद्यालयमा मात्र सीमित नभई घरपरिवारसम्म विस्तार हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको समेत उपस्थिति रहेको थियो।
विश्वव्यापी रूपमा मार्च १६ देखि २२ सम्म मनाइने ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले देशभर वित्तीय जनचेतना अभिवृद्धि गर्ने तथा समुदायसँगको सहकार्य सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया