Nepal Life

बैंकर र सुन ब्यवसायीबीच छलफल, सुनको आपूर्ति सहज बनाउने सहमति

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 05:10
बैंकर र सुन ब्यवसायीबीच छलफल, सुनको आपूर्ति सहज बनाउने सहमति
Sanima Reliance

काठमाडौं । सुनचाँदी ब्यवसायी, बैंकर्ष संघ र सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ‘ए’ लेभलका सम्पूर्ण बैंकका प्रतिनिधीहरु बीच आइतबार काठमाडौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज वनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए ।

NIMB

नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघका प्रतिनिधी सम्मिलित संयुक्त कार्यदल र वैंकका प्रतिनिधि बीच नेपाल बैंकर्ष संघको समेत सहभागितामा भएको छलफल कार्यक्रममा सुनचाँदी ब्यवसायीहरुले उठाउँदै आएको २१ बुँदे मागमा सहमति जुटेको संयुक्त कार्यदलका संयोजक बिपेन्द्र रामुदामुले बताए । 

छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी ब्यवासायीले भोग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए । त्यसक्रममा उनले बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको नाकाहरुमा सुलभ रुपमा सुन उपलब्ध गराउनुपर्ने, मुल्य निर्धारण प्रकृयालाई पारदर्शी र प्रभावकारी वनाइनुपर्ने, सुन वितरण प्रकृयालाई थप ब्यवस्थित वनाइनुपर्ने लगायतका २१ बुँदे माग प्रश्तुत  गरेका थिए । 

त्यसक्रममा बैंकका प्रतिनिधीहरुले सुनको आपूर्ति, विक्री वितरण र मुल्य निर्धारण प्रकृयामा बैंकको भूमिकाका बारेमा जानकारी गराएका थिए । छलफलमा विवादित बिषयहरुमा दुवै पक्षवीच आपसी परामर्श गरेर अगाडि बढ्ने र त्यसका लागि बैंकर र ब्यवसायी सम्मिलित एक समिति वनाई सोही समिति सँगको परामर्शका आधारमा अगाडि बढ्ने निर्णय भएको थियो । 

छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट अध्यक्ष शाक्य, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष एवं कार्यदलका संयोजक रामुदामु र उपाध्यक्ष पवन सोमानीको उपस्थिति रहेको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया