Nepal Life

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा दोस्रो वाकाथन सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Mar 27 11:26
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा दोस्रो वाकाथन सम्पन्न
National Life

काठमाडौं। विश्व पानी दिवस २०२६ को अवसरमा सिद्धार्थ बैंकले “Walk for Water, Walk for Life” नारासहित दोस्रो वाकाथन कार्यक्रम सम्पन्न गरेको छ। बैंकले पानी दिवसलाई सप्ताहव्यापी रुपमा मनाइरहेको छ। याे कार्यक्रम  पानी संरक्षणप्रति जनचेतना फैलाउने तथा दिगो अभ्यासलाई समुदायमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बैंकले जनाएको छ। कार्यक्रममा तीन सय जना भन्दा धेरैको उल्लेख्य सहभागिता रहेको थियो।

Shikhar
NIMB

शुक्रवार बिहान साढे ६ बजे नारायणचौर, नक्सालबाट सुरु भएको वाकाथन नागपोखरी, हात्तीसार रोड, काठमाडौं महानगरपालिकाको कार्यालय, कमलादी गणेश मन्दिर, घण्टाघर, रत्नपार्क, जमलचोक, विश्वज्योतिहल, दरवारमार्ग, नारायणहिटी, जय नेपाल हल, नागपोखरी, नारायणहीटी दरवारको उत्तर पुर्व हुँदै सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय परिसर हुँदै अन्तिममा नारायणचौर नक्सालमा आएर टुङ्गिएको थियो। कार्यक्रममा सहभागीहरूले पानीको महत्वका सन्देशमुलक प्ले कार्ड बोकेर सहर परिक्रमा गरेका थिए।

बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनदेखि लिएर सबै तहका कर्मचारीहरु लगायत उल्लेख्य मात्रामा सर्वसाधारणहरुको सहभागिता थियो। सहभागीहरुमा पानीको आवश्यकता र महत्ववारे प्रकाश पारिनुका साथै प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले संबोधन गरेका थिए।

कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतबाट गमलामा पानी हालेर गरिएको थियो, जसले पानी संरक्षणको प्रतीकात्मक सन्देश दिएको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले मन्तव्य व्यक्त गर्दै पानीको महत्वबारे जोड दिएका थिए। उनले भने, “आज हामी यहाँ एक अत्यन्त महत्वपूर्ण उद्देश्यका साथ जम्मा भएका छौँ, पानीको महत्वका सम्बन्धमा जनचेतना फैलाउने। पानी हाम्रो जीवनको आधार हो। खाना पकाउने, खेती गर्ने, उद्योग सञ्चालन गर्ने लगायत हाम्रो स्वास्थ्यको संरक्षणसम्म पानीको भूमिका अपरिहार्य छ।”

उनले विश्वव्यापी रूपमा बढ्दो पानीको माग र घट्दो आपूर्तिप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघका तथ्याङ्क अनुसार करोडौँ मानिसहरू अझै पनि शुद्ध खानेपानीबाट वञ्चित रहेको उल्लेख गरे। “नेपाल जलसम्पदामा धनी देश हुँदाहुँदै पनि सुरक्षित खानेपानीको अभाव महसुस गर्न थालिएको छ, जुन हाम्रो लागि ठूलो चुनौती हो,” उनले थपे।

बस्यालले गएको वर्षदेखि सुरु गरिएको वाकाथन कार्यक्रमले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसलाई निरन्तरता दिइएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस्ता कार्यक्रमहरूलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

उनका अनुसार, वाकाथनका प्रत्येक पाइला भविष्यका पुस्तालाई सुरक्षित र शुद्ध पानी सुनिश्चित गर्ने प्रतिबद्धताको प्रतीक हो। उनले सबैलाई पानीको सदुपयोग गर्न, अनावश्यक खर्च रोक्न र वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

कार्यक्रमको अन्त्यमा उनले सहभागीहरू तथा आयोजक टोलीलाई धन्यवाद ज्ञापन गर्दै “पानी बचाउनु भनेको जीवन बचाउनु हो” भन्ने सन्देशका साथ पानी संरक्षण अभियानलाई निरन्तरता दिन सबैलाई आह्वान गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार