NIMB Header 2
Nepal Life

नेपाल सिरामिकले ३० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा माछापुच्छ्रे क्यापिटल

IME LIFE
  • BFIS News
  • 2026 Mar 30 11:35
नेपाल सिरामिकले ३० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा माछापुच्छ्रे क्यापिटल
United Ajod

काठमाडौं । नेपाल सेरामिक इन्ड्रष्ट्रिले आइपिओ निष्काशन गर्ने भएको छ। आइपिओ निष्काशनका लागि कम्पनीले माछापुच्छ्रे क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ। 

Nepal Life
NIMB

सम्झौताअनुसार, माछापुच्छ्रे क्यापिटललाई नेपाल सिरामिक उद्योगले निष्कासन गर्ने ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक बिक्री तथा निष्कासन व्यवस्थापक (इस्यु तथा सेल्स म्यानेजर) का रूपमा नियुक्त गरिएको छ।

सम्झौतापत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र मालाकार तथा नेपाल सिरामिक उद्योगका अध्यक्ष शम्भुनाथ झाले हस्ताक्षर गरेका हुन्।

माछापुच्छ्रे बैंकको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको माछापुच्छ्रे क्यापिटलले धितोपत्र बोर्ड नेपालको अनुमतिमा मर्चेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले अन्डरराइटिङ, लगानी व्यवस्थापन, कर्पोरेट परामर्श, डिपोजिटरी पार्टिसिपेन्ट सेवा, निष्कासन व्यवस्थापन, सेयर रजिस्ट्रार सेवा तथा म्युचुअल फन्ड सञ्चालन लगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया