बचतपत्रको साँवा–ब्याज लिन राष्ट्र बैंकको आग्रह
- BFIS News
- 2026 Mar 31 13:15
काठमाडौँ, चैत १७ — नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित धनीलाई छिटो भुक्तानी लिन आग्रह गरेको छ।
राष्ट्र बैंकअन्तर्गतको मौद्रिक व्यवस्थापन विभागका अनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका कतिपय धनीले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको रकम अझै नलिएको देखिएको छ। विभागले जारी गरेको सूचनामा यथाशीघ्र सम्पर्क गरी आफ्नो साँवा र ब्याज बुझ्न अनुरोध गरिएको छ।
लामो समयसम्म परिपक्व रकम दाबी नगरी राख्नु उपयुक्त नहुने उल्लेख गर्दै राष्ट्र बैंकले सम्बन्धित बचतपत्रधनी वा उनीहरूका प्रतिनिधिलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ।
नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र नेपाल सरकारका तर्फबाट जारी गरिने ऋण उपकरण हुन्, जसमार्फत सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आन्तरिक स्रोत परिचालन गरी विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया